कास्की, १६ चैत । कास्कीमा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेका छन् ।
कास्कीकोट गाविस–९ वासकोट बस्ने २४ वर्षीय मिनबहादुर कार्कीलाई आफ्नै ७९ वर्षीया हजुरआमा कलि कार्कीलाई चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया