१६ कार्तिक २०८३, सोमबार

ट्रकको ठक्करबाट एकको मृत्यु, महिला घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morangउर्लाबारी(मोरङ), १६ चैत । ट्रकले स्कुटरलाई ठक्कर दिँदा मोरङको बेलबारीमा आज एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक महिला घाइते भएकी छिन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी–४ मा पूर्वबाट पश्चिम गईरहेको को१२प ७८०५ नं को स्कुटरलाई विपरीत दिशाबाट आइरहेको ना५ख ५८६ नं को ट्रकले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा शनिश्चरे–४ का ३३ वर्षीय कृष्ण तिम्सिना रहेका इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार सोही ठाउँकी ३७ वर्षीया हिमादेवी घिमिरे घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस