आफू जन्मेको माटो स्वर्गभन्दा पनि प्यारो हुन्छ । जुन माटोमा हुक्र्यौ, खेल्यौ, पढ्यौं र अगाडि बढने प्रेरणासहितको शिक्षा लियौं । जीवनमा भए गरेका हरेक कार्यका प्रत्येक पाइलाले सम्झना दिलाई रहन्छन्, जबसम्म जीवन रहन्छ तबसम्म । जीवनमा कसले कति के ग¥यो त्यो भविष्यमा इतिहासले बताउने छ । मान्छेको अमुल्य जिन्दगी भनेको ‘जन्मँदा सास हुन्छ नाम हुँदैन, मृत्यु हुँदा नाम हुन्छ सास हुँदैन ।’
यही नाम र सासबीचको यात्रा नै जिन्दगी हो । यो गतिशील जिन्दगीमा सबैले आ–आफ्ना आवश्यकता पूरा गर्दै समृद्ध समाज निर्माण गर्न अहोरात्र खटिरहेका हुन्छन् । मेरो पहिलेदेखिको सोच नै निस्वार्थ भावले समाजको सेवामा समर्पित भएर निरन्तर लागिरहनु पर्छ भन्ने हो । लगभग एक दशकपछि २०७२ चैत ६ गतेका दिन आफूले ६ देखि १० कक्षासम्म अध्ययन गरेको श्री जनता उच्च माध्यमिक विद्यालय मेल्लेख अछामको ४७ औं अभिभावक भेलामा सरिक हुनका लागि मलाई निमन्त्रणा गरियो, संयोग नै मान्नुपर्छ । अभिभावक भेलाको खबरले केही क्षण भए पनि खुशी तुल्यायो । विहानको १० बजे मेरो गाउँ षोडशादेवी २ माडीगडा अछामबाट खाना खाएर म लगायत नेकपा एमाले जिल्ला कमिटी अछामका सदस्य तथा इलाका नम्बर–४ अछामका इन्चार्ज नरपति रावल, नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर–१ अछामका अध्यक्ष डम्बर नेपाली, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामका सदस्य रतन खड्का र श्री नन्देश्वरी उच्च माध्यमिक विद्यालय माडीगडा अछामका प्राचार्य कुलबहादुर रावल डेढ घण्टा पैदल हिँडेर कार्यक्रम स्थल मेल्लेख पुग्यौं ।
प्रवासी हुनुको पीडा छँदै छ त्यसमा थप अपमानित बनायो भने यो अमानवीय व्यावहारलाई कसले कसरी बुझ्ने ? यो मनको अन्तस्करणमा परेको गहिरो घाउलाई कस्ले मलम लगाई दिने ? प्रवासिनु भनेको हाम्रो रहर नभएर बाध्यता हो । बाध्यता र विवसताको कठोर मैदानमा संघर्ष गर्दै सफलता तर्फ उन्मुख हुन सिकाउने प्रवासी नेपाली भनेका टाढाका मात्र होइन, आर्थिक समृद्ध र विप्रेसणका निर्माता पनि हुन् ।
मेल्लेखमा पुगि सकेपछि जनता उच्च माध्यमिक विद्यालय मेल्लेख अछामका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्का र विद्यालयका नि. प्राचार्य गगन बोहरा लगायतका व्यवस्थापकीय अभिभावकहरुसँग भेट भयो । भेटका क्रममा कार्यक्रमका बारेमा अवगत गराइयो । व्यवस्थापन समितिले कुनै पनि राजनीतिक दलको पदीय हिसावले माथिल्लो स्तरको प्रतिनिधिलाई कार्यक्रमको प्रमुख अतिथि बनाउने निर्णय सुनाए । ल ठीक छ भनेर हामीले भन्यौं । अनि मेरो बारेमा पनि ऊनीहरुले जानकारी लिए र मैले मेरो मर्यादा र हैसियतका बारेमा बताए ।
म प्रवासी नेपाली संघ भारतको केन्द्रीय सदस्य तथा पार्टीको हैसियतले नेकपा एमाले अञ्चल कमिटी सदस्य बराबर हो । यसरी मेरो हैसियत बताइरहँदा उनीहरु सशंकित भए । उनीहरुले हामी जानुभन्दा पहिले नै अन्यायपूर्ण तरीकाले कार्यक्रमको रुपरेखा तयार पारेका रहेछन् । हामीले भन्यौं यदी पार्टी प्रतिनिधिको हिसाबले कार्यक्रमको प्रमुख अतिथि बनाउने भए पद, प्रतिष्ठा र मर्यादालाई ध्यानमा राखेर प्रमुख अतिथी बनाउनु प-यो । यदी पार्टी प्रतिनिधिलाई नबनाउने भए समाजको बृद्ध ब्यक्तिलाई प्रमुख अतिथि बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा राख्यौं । हामीले विधि, प्रक्रिया र व्यवहारका कुरा गरिरहँदा उनीहरुलाई बेमतलबका फगत कुरा झैं लाग्यो । मलाई त त्यो विद्यालय व्यवस्थापन समितिको कार्यकारणीको नियत कस्तो लाग्यो भने आफू पनि नजान्ने अरुले भनेको पनि नमान्ने प्रकृतिको देखियो । कुनै पनि कुरा हामीले गरेको ठीक अरुहरुले गरेको सबै बेठीक भन्ने जस्तो लाग्यो । बुझेर पनि बुझ पचाएर आफ्नै पाखण्डी पाराले अबुझझै गरेर तानाशाही प्रवृत्तिले कार्यक्रम सञ्चालन गरे । नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामका कोषाध्यक्ष झंकर साउदलाई प्रमुख अतिथि बनाए । जुन मर्यादालाई कुल्चेर कार्यक्रम अगाडि बढाए । यस कार्यलाई अमानवीय, अव्यवहारिक र कमजोर मानसिकताको पराकाष्ठासहितको जड्सुत्रवादी चिन्तक भन्दा पनि हुन्छ । पुरानो सामन्ती चिन्तनद्वारा ग्रसित ढुलमुले नीतिका निर्माता बने व्यवस्थापकीय भित्रका सक्रियहरु ।
सम्पूर्ण प्रवासी नेपालीलाई भान्से, चौकिदारी, डन्ठे, मजदुरी, गोरखे र लाहुरेको हिसाबले मात्र बुझ्ने प्रयास नगरौं । प्रवासी नेपाली पनि राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रसँग सम्बन्धित हुँदै विभिन्न संघ–संगठनमा आबद्ध भई सक्रिय कार्य गरिरहेका छन् ।
म प्रवासी भएका कारण अतिथिको रुपमा आसन ग्रहण गराउन पनि त्यो विद्यालय व्यवस्थापन समितिलाई अप्ठ्यारो लाग्यो । यदी अप्ठ्यारो लाग्ने भए आमन्त्रित किन गरियो ? मलगायत सम्पूर्ण प्रवासी नेपालीको जुन अपमान भयो त्यो कार्यक्रममा यो विभेदकारी अमानवीय व्यावहारको जति निन्दा र भत्सर्ना गरे पनि कमै हुने गर्छ । १५–२० क्षेत्रकै मुटु मानिने श्री जनता उच्च माध्यमिक विद्यालय मेल्लेख अछामको अभिभावक भेला सुनियोजित षड्यन्त्रको पराकाष्ठामा परिणत भयो । अनि नेकपा एमाले इलाका, क्षेत्र र जिल्ला कमिटी अछामले बहिष्कारको नीति लियो । जहाँ विधि, मर्यादा र विचारको कदर हुँदैन त्यहाँ यथास्थितिवादी चिन्तन हावी हुन्छ र संकीर्णतावादीहरुले प्रश्रय पाउँछन् । सहि सिद्धान्तसहित व्यवहारका प्रयोगकर्ता भएका कारणले एउटा कार्यक्रमको ब्यानर अनावरण गर्नाका निम्ति मरिहत्ते गर्ने बानी थिएन हाम्रो । हामी विधि र प्रक्रियालाई राम्रोसंग प्रयोग गर्ने व्यवहारिक प्रयोगकर्ता भएका कारणले अन्यायपूर्ण कार्यको सशक्त विरोध गर्ने हाम्रो नियति हो । समाजमा अन्याय, अत्याचार, थिचोमिचो, भष्टाचार, विभेद र दमनको विरोध गर्ने सिद्धान्तलाई अंगिकार गर्ने मान्छे भएका कारणले उदांगो षड्यन्त्र र विभेदकारी कार्यको भत्सर्ना गर्दछौं ।
हामीे प्रवासी नेपालीले त्यही विद्यालय सञ्चालन गर्दा होस् या अन्य विद्यालय सञ्चालन गर्दा नै किन नहोस् ‘रगत र पसिना बगाएर कमाएको रकम मात्रै होइन ऋण काढेर पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छौं ।’ जुन कुरा गत सालको जनशिखा क्याम्पस मेल्लेख अछामको आर्थिक रकमलाई अन्दाज गर्दा पनि हुन्छ । धेरै जनाले ५० हजारका दरले पनि चन्दा दिएका छ्न । यति ठूलो आर्थिक सहयोग गर्दा पनि अझै हामी विभेदको भूमरीमा अन्याय तरिकाले मुछिएका छौ । हामी प्रवासमा बस्दा पनि आफूले कमै खाएर समाज र राष्ट्र समृद्ध बनाउने अभियानमा जुटिरहेका छौ । के जनता उच्च माध्यमिक विद्यालय बनाउने हाम्रो हक छैन ? विद्यालयलाई उच्चस्तरमा पु¥याउने हाम्रो पनि जिम्मेवारी बन्छ कि बन्दैन ? यी र यस्तै थुप्रै प्रश्न उब्जिएका छन् ।
लामो समय प्रवासमा बस्दा पनि बढी ध्यान आफ्नो देशप्रति, समाजप्रति र आफू जन्मेको भूमिप्रति हुने गर्दछ । जहाँ रहे पनि देशभक्ति भावनाबाट प्रेरित भएर अगाडि बढने प्रण गरेका छौं । निस्वार्थ भावले समाजको सेवामा समर्पित भएर लागिरहेका छौं । हामीले आफ्नो अस्तित्वलाई खुम्च्याउनुभन्दा पनि फराकिलो ढंगले स्थापित गर्ने सोच बनाएका छौं । भारत प्रवासमा बसिरहँदा पनि सम्पूर्ण प्रवासी नेपालीको हक, हित र अन्तर्राष्ट्रिय अधिकार प्राप्तिको आन्दोलन र अभियानमा सक्रिय भइरहेका छौं । प्रवासी नेपालीका वेदना, दुःख र कष्ट त कति छन् कति जसलाई यो लेखमा उल्लेख गर्ने स्थान नै छैन । प्रवासी हुनुको पीडा छँदै छ त्यसमा थप अपमानित बनायो भने यो अमानवीय व्यावहारलाई कसले कसरी बुझ्ने ? यो मनको अन्तस्करणमा परेको गहिरो घाउलाई कस्ले मलम लगाई दिने ? प्रवासिनु भनेको हाम्रो रहर नभएर बाध्यता हो । बाध्यता र विवसताको कठोर मैदानमा संघर्ष गर्दै सफलता तर्फ उन्मुख हुन सिकाउने प्रवासी नेपाली भनेका टाढाका मात्र होइन, आर्थिक समृद्ध र विप्रेसणका निर्माता पनि हुन् । जुन देश अधिकतम् आर्थिक विप्रेषणबाट चलेको हुन्छ । विप्रेषण भित्राउने ती प्रवासी नेपाली नै हुन् । जुन प्रवासीले एउटा विद्यालय जस्तो अत्यन्तै पवित्र स्थलको कार्यक्रममा अपमानित हुनुपरेको छ ।
अब सम्पूर्ण प्रवासी नेपालीलाई भान्से, चौकिदारी, डन्ठे, मजदुरी, गोरखे र लाहुरेको हिसाबले मात्र बुझ्ने प्रयास नगरौं । प्रवासी नेपाली पनि राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रसँग सम्बन्धित हुँदै विभिन्न संघ–संगठनमा आबद्ध भई सक्रिय कार्य गरिरहेका छन् । प्रवासमा डाक्टर, पाइलट, इन्जिनियर, व्यापारी, उद्योगपति, वकिल, समाजसेवी, पत्रकार, साहित्यकार, कलाकार, खेलप्रेमी, गोर्खा रेजिमेण्टमा सैनिक, बुद्धिजीवी र आर्थिक (रेमिट्यान्स) विप्रेषण भित्र्याउने पौरखी र गौरवित नेपालीका साथै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नेपाल स्थापनाका विशेष सहयोगकर्ता पनि हुन् भन्ने कुरा राम्ररी बुझ्ने प्रयास गरौं ।
यति मात्रै होइन नेपालमा हुने सबै सकारात्मक परिवर्तनका सच्चा हकदार प्रवासी नेपाली पनि हुन् । आज विश्वभरि छरिएर रहेका लाखौं नेपाली युवाको अवमूल्यन गर्ने हो भने देश सशक्त, सबल र आत्म निर्भर हुनै सक्दैन । अझ भनौं हाम्रा सुदूरपश्चिमका लाखौं जनता भारत प्रवासमा गएर जसरी समाजका लागि, देशका लागि रगत पसिना चुहाएर अहोरात्र खटिरहेका छन् । त्यो खटन पटनलाई नजरअन्दाज गरिनु दुर्भाग्य नै हो । यसको प्रतिफल त भोली सम्बन्धीत निकाय एवम् व्यक्तिले त पाउला नै । अन्त्यमा म यति मात्रै भन्न चाहन्छु कि समृद्व सुदूरपश्चिम निर्माणमा जत्तिको यहाँ बस्नेहरुको हात छ । त्यो भन्दा कम्ति प्रवासी नेपालीहरुको पनि हात छैन ।
लेखक : प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य हुन् ।















प्रतिक्रिया