१६ कार्तिक २०८३, सोमबार

कुकुर घिसार्दै गरेको अवस्थामा बच्चाको कम्मरमुनिको भाग भेटियो, कसले ग-यो हत्या ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-half babyपोखरा, १६ चैत । कास्कीको पोखरा उपमहानगरपालिकास्थित बुद्धचोकमा एक बच्चाको कम्मरमुनिको भाग मात्र विभत्स अवस्थामा भेटिएको छ ।

करिब तीन वर्षको जस्तो देखिने बच्चाको कम्मर मुनिको भाड अलपत्र अवस्थामा सडकमा भेटिएको हो । भुस्याहा कुकुरले घिसार्दै गरेको अवस्थामा बच्चाको आधा भाग देखिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

बच्चाको लिंग पहिचान नभएकाले पोस्टमार्टमपछि डिएनए परीक्षण गरिने कास्की प्रहरीले जनाएको छ । बच्चा कसको हो र कसरी त्यहाँ आइपुग्ने भन्नेबारेमा पनि अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।