काठमाडौं, १६ चैत । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राजधानी काठमाडौंको शंखमुलका आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
मंगलबार युवा संघको प्राकृतिक प्रकोप न्यूनिकरण विभागले आगलागी पीडित १८ घर परिवारलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेको युवा संघका अध्यक्ष राजीव पहारीले जानकारी दिए । ‘बिभिन्न दाताहरुबाट खाद्यान्न र कपडा संकलन गरि पीडितहरुलाई थोरै भएपछि सहयोग गर्न जमर्काे गरेका छौं,’ पहारीले भने– ‘गरिब असहायलाई हाम्रो अभियान जारी रहन्छ ।’
राहत वितरण कार्यक्रममा युवासंघका पूर्वअध्यक्ष तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत, प्राकृतिक प्रकोप न्यूनिकरण विभागका अध्यक्ष रमेश आचार्य र अहिलेका अध्यक्ष राजीव पहारीले पीडितहरुलाई राहत हस्तान्तरण गरेका थिए ।
यसरी बाडिएको राहथमा प्रतिपरिवार एक–एक बोरा चामल, दुई–दुई वटा त्रिपाल र दुई–दुई वटा ब्ल्यांकेट रहेको छ ।












प्रतिक्रिया