१६ कार्तिक २०८३, सोमबार

चट्याङ लागेर एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaधनकुटा, १५ चैत । वर्षासँगै परेको चट्याङ लागेर धनकुटाको छिन्ताङमा गएराति एकजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर छिन्ताङ–६ पातालडाँडाका ५४ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बारीमा बाँधेका गाईबस्तु पानी परेपछि गोठमा सार्न गएका थापालाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण बेहोस भएका थापाका छोरा दयाराम थापाको पाँच घन्टापछि होस खुलेको छ ।

चट्याङका कारण छिमेकीका चारवटा बाख्रासमेत मरेका छन् । रासस