३० आश्विन २०८३, शुक्रबार

ठकुरीलाई कराते प्रतियिगितामा पुन रजत पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u 1– विजय थापा

वाशिंगटन डिसी । मार्कर काउन्टी न्युजर्सीमा भएको मार्कर काउन्टी २१ सौ वर्षको कराते प्रतियोगितात्मक प्रतिस्प्रधामा डिसीका उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

उनले दोश्रो स्थान हासिलको साथ नेपालको झन्डा फरफराउन सफल भएका छन् ।

यस खेलमा जित्नेले विश्व उपाधि फित्ता प्राप्त गर्दछ । ८ वटा राष्ट्रहरुको सहभागिता रहेको न्युजर्सीमा आयोजना भएको यो निकै महत्वपूर्ण तथा ख्याति प्राप्त प्रतियोगिता मानिन्छ ।

यस खेलमा अन्तिम भिडन्तमा ४० देखि ५० को खुला प्रतियोगितामा ठकुरीको प्रतिस्प्रर्धा फिलाडेलफियाका ६ फुट ४ इञ्चका अफ्रिकन अमेरिकियन शान जोनेससंग प्रतिस्प्रर्धामा पराजित भई रजत पदत हासिल गर्न सफल भएका हुन् ।

ठकुरीले यो खेल जितेको भए विश्व उपाधि प्राप्त गर्ने थिए । तर उनी चुकेका छन । ठकुरीले अहिले सम्म ७ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । १० वटा राज्यहरुमा खेल खेलेर अनि खेलबाट पूर्ण बिराम लिने सोचमा रहेका छन् ।

ठकुरी अमेरिकाको थुप्रै राज्यरुमा नेपालको झन्डा गाड्ने पहिलो खेलाडी बन्ने अवसर प्राप्त गरेका छन् ।