१६ कार्तिक २०८३, सोमबार

महिला हिंसाविरुद्ध राजधानीमा ‘वुमन रुम रिलोडेड’ ग्रुपको र्‍याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fb-gurup-rally

काठमाडौं, १४ चैत । महिला हिंसाविरुद्ध शनिबार राजधानीमा र्याली निकालिएको छ ।

‘वुमन रुम रिलोडेड डब्लुआरआर’ नामक महिलाको फेसबुक ग्रुपले माइतीघर मण्डलाबाट र्याली निकालेको हो ।

ग्रुपका अध्यक्ष श्रुती शर्माले पोखरामा नेहा पुनको, राजधानीमा भेनिषा लिम्बुको हत्या र बलात्कार जस्ता घटनाले महिला हिंसाको रुप विकराल बनेको भन्दै त्यसको विरोधमा र्याली निकालिएको बताइन् ।

fb-gurup-rally-2

‘हामी हाम्रो फेसबुक ग्रुपबाट जनचेतना र हिंसा रोक्न दबाब दिइरहेका छौं । यसै अभियान अन्तर्गत राज्यलाई दबाब दिन सडक उत्रिएका हौं’ उनले भनिन् । आउने दिनमा यस्तो गतिविधिकोविरुद्ध र सामाजिक सदभावका लागि ग्रुपले काम गर्ने शर्माले बताइने ।

यो कार्यक्रममा मेन्स रुम रिलोडेड नामक फेसबुक ग्रुपले पनि सहकार्य गरेको थियो । ग्रुपका संस्थापक विक्रम केसीले आउने दिनमा पनि महिला हिंसाविरुद्धका सामाजिक अभियानमा डब्लुआरआरलाई साथ दिने बताए ।

चार सय जना सहभागी र्यालीमा ‘महिला हिंसा कहिले सम्म, हामी चुप जहिलेसम्म’ लगायत नारा लगाइएको फेसबुक ग्रुपका सदस्य समुद्र तिमल्सिनाले जानकारी दिए ।

fb-gurup-rally-1  fb-gurup-rally-3