१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली फर्किने बेलामा विमानस्थलमा समस्या, अवतरण गर्न नसकी कयौं विमान फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Oli at Beijing Airportकाठमाडौं, १४ चैत । काठमाडौं उपत्यकाको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएका छन् । केही अन्तर्राष्ट्रिय उडान विमानस्थलमा अवतरण गर्न नसकेर डाइभर्ट भएका छन् ।

आन्तरिक उडानका विमानको दैनिक तालिका स्थगित भएका छन् । नयाँ दिल्लीबाट आउँदै गरेको जेड एयरवेजको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्किएको छ । जेट एयरकै अर्को विमान अवतरणका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी मस्कटबाट आएको ओमान एयरलाइन्स, दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको विमान पनि काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी फर्किरहेका बेला काठमाडौंमा मौसम बिग्रिएको हो । उहाँ सवार विमान हिमालयन एयरलाइन्स भने निर्धारित समयभन्दा १० मिनेट ढिला गरी अवतरण भएको छ । मौसम  प्रतिकूल भएकाले भिजिबिलिटी कम भएकाले उडान अवतरण प्रभावित भएको बताइएको छ ।