काठमाडौं, १४ चैत । नेपाल विद्युत् प्राधिकरणले आगामी मंगलबारदेखि लोडसेडिङको समय कटौती गर्ने भएको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर प्राधिकरणले पर्सिदेखि दिनको एक घण्टा लोडसेडिङ घटाउन लागेको हो ।
अहिले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब पर्सिदेखि सातामा ७७ घण्टा मात्र हुने प्राधिकरणले जनाएको छ । लोडसेडिङको तालिका भने भोलि सार्वजनिक गरिने भएको छ ।
नदीहरुमा पानीको बहान नबढे पनि वैकल्पिक उपाय लगाएर लोडसेडिङ घटाउन लागिएको हो ।
एक घण्टा लोडसेडिङ घटाउन जलायशयुक्त कुलेखानी आयोजनाको पानीलाई अधिकतम् प्रयोग गरिने भएको छ । पावर ब्याकअफको रुपमा रहेको कुलेखानीलाई अहिलेभन्दा धेरै चलाउने र भारतबाटसमेत थप विजुली आइसकेकाले लोडसेडिङ कटौती गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।












प्रतिक्रिया