२९ आश्विन २०८३, बिहिबार

सत्य घटना : संयोग हो या कृपा बुझ्न सकिएन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Chaudharyविद्यालय गएका विद्यार्थी अचानक फर्कन थाले । विद्यालय पुग्ने र फर्कनेको भिडले सडक भरिएको छ । विद्यार्थी-विद्यार्थीबीच प्रश्न उत्तरले बाटोमा कोलाहल फैलिएको छ । अन्य भने प्रश्नको जवाफ खोज्न प्रयत्न गरिरहेका छन् । मसँग पनि जवाफ थिएन, किन ? अचानक विद्यालयमा बिदा भयो । पसल खोलेर प्रश्नको जवाफ खोजिरहेको थिएँ । अचानक छोरी आई, विद्यालयको पोशाकमै । ‘बाबा एकपल्ट स्कुल पुगेर फर्कौं न’, छोरीले आग्रह गरी । ‘सबै फर्कंदैछन् त छोरी’, मैले प्रश्न तेस्र्याएँ । मामुले भन्नुभएको छ– एकपल्ट स्कुल पुगेर आउनु भनेर, उनले प्रश्नको जवाफ फकाईन् । चाचुले भन्नुभएको छ– आज स्कुल बिदा छ भनेर । त्यही पनि मामुले एकपल्ट पुगेर आउ भनेर पठाई दिनुभयो उनले दुखेसो गर्दै भनिन् । उनी ढुक्क थिईन्, आज बिदा हुन्छ भनेर । उनी खुशीसँगै दुखी पनि थिईन् । बिदा भैहाल्छ तर पनि जानुपर्ने । छिटोजाम उनले थर्काउने पारामा भनिन् । उनको बोलाईबाट स्पष्ट थियो । पुगेर फर्किहालिन्छ अनी रमाईन्छ घरमा ।

यात्रा विद्यालयतर्फ बढ्यो । बाटोमा मैले भने, साईबाबा यसको स्कुल लगाईदेऊ । उनले सुनिछिन् । हे शिव भगवान् नलगाईदेउ । छोरी मेरो बाबाले मैले भनेको मान्नुहुन्छ, तिम्रो स्कुल लाग्छ । मेरो शीव भगवानले लगाउनुहुन्न उनले पनि भनिन् । ल, कसको भगवानले जित्छ हेरम् मैले उनलाई भने । स्कुल पुगियो । बाहिर गाडीका चालक उभिएका थिए, आज स्कुल लाग्छ र मैले प्रश्न तेर्साए । मलाई पनि थाहा छैन उनले भने, सबैको त बिदा छ । वार्तालाप चलिरहेको थियो । सर टुप्लुक्क आउउनुभयो । सर आज स्कुल लाग्छ र ? मैले प्रश्न गरें । ‘लाग्छ, हाम्रो त’, सरले जवाफ फर्काए । म हाँसे । छोरी केही नबोली स्कुलको गेटभित्र छिरिन् । जब बेलुका भेट भयो । उनी खेलिरहेकी थिईन् । मलाई हेरिन्, मैले उनलाई । कालो मुख लगाईन्, मैले मुसुक्कु हाँसे । मेरो नजिक आईन् । मेरो साईबाबा उनले भनिन्, हजुरको शीव । मैले जवाफ दिईन् । दिन जरुरी पनि ठानिनँ ।

जिसका कोही नही होता हे उसका भगवान् । बिकल्पमा थिए । भगवान । समस्या पर्दा मैले पुकार्ने भगवान थिए साईबाबा । आँखा चिम्लेर एक मिनेट साईबाबालाई सम्झिएँ । किक हाने मोटरसाइकल फ्याट्ट स्टार्ट भयो । दोस्रो किकको आवश्यकता नै परेन् । संयोग हो या कृपा साईबाबाको बुझ्न सकिएन ।

बर्खा सकिनै लागेको थियो । पानी पर्न पनि छोडेको केही समय बितिसकेको थियो । बर्षात्को पानी खाल्डाखुल्डीमा भरिएको छ । बाटोमा परेको खाल्डोमा पानी सुक्न सकेको थिएन । हिन्दूहरुको महान पर्व आउनै लागेको थियो । हामी पत्रकार, दसैं हाम्रा लागि विशेष । विज्ञापन, शुभकामना उठाउने चटारो थियो । योजनाबद्ध तरिकाले जिल्लाका विभिन्न स्थानमा पुगेर चिनजान भएकाहरुसँग सहयोग माग्ने तयारी । पूर्वयोजना अनुरुप दुरदराज गाउँ जहाँ पनि पुग्नु थियो । पूर्वपश्चिम राजमार्ग छोडेर ग्राभेल बाटो हुँदै पुगिन्थ्यो त्यो सानो बजार । जहाँ हामी र हाम्रो पत्रिकाको ठूलो सम्भावना बोकेको बजार । जानै पर्ने बाध्यता थियो । चिल्लो बाटो छाडेपछिको यात्रा असहज थियो । असहज यात्रा पार गर्न खाल्डैखाल्डो र त्यसमा जमेको पानी हाम्रा सामु चुनौती थियो । असहजताका बाबजुट यात्रा अगाडि बढ्दै थियो । गन्तव्य नजिक पुगिसकेको अवस्था थियो । बजार देखियो । मन खुशीले गद्गद् भयो ।

गन्तव्य पुग्न एक सय मिटर दूरी मात्र थियो । समस्या ठूलै आयो । ठूलो खाल्डो पार गरेर अगाडि जानु थियो । खाल्डोको बिचमा पातलो ठाउँ छ । त्यसैमा बाईक हिँडाएर अगाडि जानु थियो । म कटाई हाल्छु भन्ने विश्वास थियो । चिप्लो अति नै थियो । बिचमा पुगेको थिए । अगाडिबाट डल्लप आयो । झ्वाम्म ब्रेक लगाएँ । खुट्टा राख्ने ठाउँ मिलेन । बाईकसँगै म र साथी त्यही खाल्डोमा चुर्लुम्म भयौं । होस् हरायो । दुवै उठ्यौं । बाईकलाई उठायौं । किनारमा राख्यौं । धारा खोज्न थाल्यौं । नजिकै रहेछ । कपडासहित नुहायौं । शरीर सबै भिजेको छ । कपडाभरी हिलो । फर्कने कि जाने सल्लाह गर्न थाल्यौं । जाने नै भईयो । कठिनपूर्वक त्यहाँसम्म पुगीएको छ । अब जाम साथीलाई भनें । दुबै मोटरसाइकलमा चढ्यौं । स्टार्ट गर्न खोजें भएन । जानेजति सबै उपाय अपनाएँ । तर पनि भएन । किक हान्दाहान्दै भिजेको शरीर कपडा तर पनि पसिना आयो । जे गरेर पनि भएन ।

सबै बिकल्प प्रयोग गर्दा पनि भएन । अव के गर्ने । एउटा भनाई याद आयो । जिसका कोही नही होता हे उसका भगवान् । बिकल्पमा थिए । भगवान । समस्या पर्दा मैले पुकार्ने भगवान थिए साईबाबा । आँखा चिम्लेर एक मिनेट साईबाबालाई सम्झिएँ । किक हाने मोटरसाइकल फ्याट्ट स्टार्ट भयो । दोस्रो किकको आवश्यकता नै परेन् । संयोग हो या कृपा साईबाबाको बुझ्न सकिएन ।