३० आश्विन २०८३, शुक्रबार

मुम्बईमा फेरि एक नेपाली युवाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

German-Magar– शेरबहादुर थापा
मुम्बई । रोजगारीका लागि भारतको मुम्बई पुगेका एक नेपालीको शनिबार ज्यान गएको छ ।

पछिल्लो समय हृदयघातबाट नेपालीहरुले धमाधम ज्यान गुमाइरहेका बेला सुनसरीको सिगिया १ का जर्मन थापा मगरको पनि हृदयघातबाटै मृत्यु भएको हो ।

उनि काँदिवली स्थित पोइसर नजिकै रहेको राजा चायनिजमा हेल्परको काम गर्दै आएका थिए । गत २२ मार्चको एक्कासी हृदयघात भइ शताब्दी अस्पतालमा भर्ना गरिएका मगरको २६ मार्च (शनिबार) विहान साढे दश बजे निधन भएको राम प्रसाद पोखरेलले बताएका छन् ।

मृतक मगरको उनका आफन्तहरुको उपस्थितीमा आइतबार अन्तिम दाहसंस्कार गरिएको छ । स्वस्थ खानपानको व्यवस्थापन नहुँदा नेपालीहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।