१६ कार्तिक २०८३, सोमबार

धनुषामा सासु र ज्वाईको अवैध सम्बन्ध, छोरीले आपत्तिजनक अवस्थामा देखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

forced sex

जनकपुरधाम, १४ चैत । गोठमा शव फेला परेकी १५ वर्षीषा किशोरीको हत्याको कारण अवैध सम्बन्धका कारण भएको खुलेको छ ।

जिल्ला प्रहरीले कार्यालय धनुषाले विक्रमपुर गाविस निवासी फुलगेन यादवकी १५ वर्षीय छोरी सुनिताकुमारी यादवको हत्या उनकी सौतेनी आमा र भिनाजु (दिदीका श्रीमान)ले घाँटी थिचेर गरेको जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार फुलगेन यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादवबीच अनैतिक सम्बन्ध रहेको कुरा सुनिताले थाहा पाएकी थिइन् । होलीका दिन (मंगलबार) शारीरिक सम्बन्ध राखिरहेको बेला मृतक सुनिताले सौतेनी आमा र भिनाजुलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि उनीहरुले पोल खुल्ने डरले सुनिताको घाँटी थिचेर हत्या गरेका थिए ।

हत्या गरेर उनीहरुले सुनिताको शवलाई घाँस–पराल तथा भुसा राख्ने घरमा फालेका थिए । अर्काे दिन गाउँलेले सुनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामजीवन यादव फुलगेनका पहिलो श्रीमतिको छोरी ज्वाई हुन् भने मृतक सुनिता पनि पहिलो श्रीमतीकै छोरी हुन् ।

धनुषा प्रहरीले घटना भएपछि घरका सम्पूर्ण सदस्यहरु फरार भएको जनाएको छ । फरार अभियुक्तहरुको खोजी कार्य जारी रहेको र घटनाबारे स्थानीयबाट थप जानकारी लिने कार्य भइरहेको छ ।