८ कार्तिक २०८३, आइतबार

भारतले ढुङ्गा पनि छाडेन, यसरी हुँदैछ धमाधम चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahakali River Nepalकाठमाडौं, १४ चैत । भारतीय निमार्ण कम्पनीले महाकालीवरि नेपाली क्षेत्रबाट ढुंगा लगेर नदीपारी बाँध बाँधिरहेको पाइएको छ ।

राति/राति ट्रिप्परबाट ढुंगा लगेर नदीपारिको भारतीय क्षेत्रमा बाँध बाध्न थालेको छ ।

भारतको धार्चुला उत्तरवर्ती बस्ती खोतिला क्षेत्रको तटबन्ध निमार्णको लागि भारतीय निमार्ण कम्पनीले राति/राति नेपालतिरबाट ढुंगा ओर्साने गरेको स्थानीययको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थानीययहरुले राति/राति मेशिन ल्याएर भारतीय पक्षले ढुंगा लाने गरेको जनाएका छन् ।

उनीहरुले बिहान पाँच बजेसम्म पनि मेसिनहरुले महाकाली नदी किनारामा नेपालतिर आएर ढुंगा फोरिरहेको देखिएको स्थानीयले बताए ।

भारतीय निमार्ण कम्पनीले वारिबाट ढुंगा आसार्ने गरेको नेपाल प्रहरीमा समेत जानकारी भइसेकको छ ।

तर प्रशासकले यसरी ढुंगा लिन आउने गाडीलाई कारवाही भने गरेको छैन ।

उता दार्चुलाका प्रहरी प्रमुख सुशील राठौरले भारतीय पक्षले ढुंगा लैजान बन्द गरेको दावी गरे ।