८ कार्तिक २०८३, आइतबार

निगमका कर्मचारीले यसरी बिक्री गर्छन् ग्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330काठमाडौं, १४ चैत । अभावका बेला नेपाल आयल निगमका जिम्मेवार पदाधिकारी नै ग्यास कालोबजारीमा लागेको तथ्य फेला परेको छ ।

तोकिएभन्दा बढी ग्यास बेचिरहेका बेला प्रहरीले पक्राउ गरेको तेजबहादुर खड्का र पुष्पराज श्रेष्ठलाई नेपालगञ्जको भेरी ग्यास उद्योगबाट १६ सय ५० थान ग्यास दिन निगमका प्रबन्धक विनितमणि उपाध्यायले लेखेको पत्र फेला परेपछि निगम अधिकारी कालोबजारीमा लागेको तथ्य खुलेको नागरिक दैनिकले समाचार छापेको छ ।

काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गरिरहेका खड्का र श्रेष्ठ भेरी ग्यासका बिक्रेता होइनन् ।

डिलर नलिएकालाई ग्यास दिन पत्राचार गरेपछि भेरी ग्यासले उनीहरुलाई १६ सय ५० थान ग्यास पठाएको थियो ।

चरम अभावका बेला उनीहरुले प्रतिसिलिन्डर १० हजारसम्म लिएर ग्यास बेचेको प्रहरीको भनाई छ ।

चर्को मूल्यमा ग्यास बेचेको अभियोगसहित दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले बयान लिँदा निगम पदाधिकारीले उनीहरुलाई ग्यास दिलाउने गरेको प्रमाण फेला परेको हो ।

प्रहरीले खड्का र श्रेष्ठलाई चर्को मूल्यमा ग्यास बेचिरहेको बेला पक्राउ गरेपनि उनीहरुले ग्यास कहाँबाट ल्याउँछन् भनेर विस्तृत अध्ययन गरेको थिएन ।