१६ कार्तिक २०८३, सोमबार

नेकपा एमालेका पुराना नेताको राति अचानक निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Office

काठमाडौं, १३ चैत । नेकपा एमालेका पुराना नेता एंव लामो समयदेखि कपन रेडक्रस शाखाका उपाध्यक्ष समेत रहेका समाजसेवी शिवप्रसाद धितालको अचानक निधन भएको छ ।

उहाँको गएराती ११ बजेर २५ मिनेटमा हृदयघातका कारण ओम हस्पिटलमा निधन भएको हो ।

नेकपा एमाले काठमाडौं मजदुर विशेष जिल्ला कमिटी सदस्य रहेका धिताल कपन क्षेत्रमा सामाजिक व्यक्तित्व समेत हुनुहुन्थ्यो । २०११ साल बैशाख ७ गते सिन्धुपाल्चोकमा जन्मिनुभएका नेता धितालका ३ छोरीहरू, १ छोरा र श्रीमती हुनुहुन्छ ।

हाल रोजगारीका सिलसिलामा रहेका उहाँका छोरा नेपाल आइपुगेपछि उहाँको पार्थिव शरीरको अन्त्येष्टि आइतबार दिउँसो १ बजे पशुपति आर्यघाटमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा गरिने एमाले बूनपा १४ का अध्यक्ष पुरूषोत्तम नेपालले जानकारी दिनुभयो ।