१६ कार्तिक २०८३, सोमबार

विरामीको उपचार गर्ने डाक्टरकै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districसप्तरी, १३ चैत । भरतपुर क्यान्सर अस्पतालमा कार्यरत एक जना चिकित्सकको आज सप्तरीको कञ्चनरपुर नगरपालिका-२ स्थित गोरपारमा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको त्रिरकोल-२ निवासी डाक्टर नन्दकिशोर गुप्ता रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भरतपुर क्यान्सर अस्पतालको रेडियो थेरापीमा कार्यरत ५० वर्षीय गुप्ता घर बिदामा आएका बेला लामो समयदेखि चिनजान रहेको कञ्चनरुप नगरपालिका-२ गोरपार निवासी वासुदेव खंगको घरमा पहुना आएको समयमा उहाँको अचानक लडेर मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस