रूपन्देही (तिलोत्तमा), १३ चैत । उपप्रधान तथा सहकारीमन्त्री चित्रबहादुर केसीले नियम विपरीत मनपरीरुपमा सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
विभिन्न सहकारी संस्थाले संयुक्तरुपमा आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले सहकारीको मूल्य, मान्यतालाई बिर्सेर सहकारी आन्दोलन अगाडि बढ्न नसक्ने बताउनुभयो ।
नयाँ सहकारी ऐनको बारेमा सहकारी मन्त्रालयका स्वकीय सहसचिव ईन्द्र ढुङ्गानाले प्रस्तुत गर्नुभएको कार्यपत्रमा डिभिजन सहकारी कार्यालय बुटवलका प्रमुख नेत्र घिमिरे, बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल कसजु, बचत तथा ऋण सहकारीका डोरप्रसाद अर्याल र नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सचिव रुद्रहरि कुँवरलगायतले सुझाव दिनुभयो ।
यसैबीच मन्त्री केसीले आजै लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी समितिको केन्द्रीय सचिवलायको शनिबार उद्घाटन गर्नुभयो । उहाँले विद्युतीय सवारीलाई सरकारले समेत प्रोत्साहन गर्ने नीति बनाएको बताउनुभयो । रासस













प्रतिक्रिया