२९ आश्विन २०८३, बिहिबार

यस्ता पनि श्रीमती, छोराछोरीकै अगाडि गरिन यस्तो कर्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mamata-singएजेन्सी । छत्तीसगढस्थित विलासपुरको कांकेर जिल्लामा प्रेमीसँग मिलेर एक महिलाले आफ्नै छोराछारीका अगाडि श्रीमानलाई काटेर हत्या गरेकी छिन् ।

उनले तरबारले आफ्नो पतिको छातिमा करिब २५ पटक प्रहार गरेकी थिइन् । यो घटनाकी मुख्य अभियुक्त महिलाका दुई सन्तान छन् । यी महिलाको नाम हो ममता सिंह । सञ्जय नामका प्रेमीसँग होलीकै रातमा ममताले रासलिला मनाउँदै पतिमाथि यस्तो कदम उठाएकी हुन् ।

यसरी भयो घटना

होली (विहीबार)को रात ममताका पति छत्रसाल कुनै कामका लागि घरबाट बाहिर गएका थिए । छत्रसाल नभएको मौका छोपेर सञ्जय अधिकांश ममतालाई भेट्न उनको घर आइरहन्थे । होलीको रात पनि सञ्जय ममतालाई भेट्न आएका थिए । त्यो रात अचानक पति छत्रपाल पनि घर आइपुगे । घर पुग्दा उनले पत्नी ममता र सञ्जयलाई आपत्तिजनक अवस्थामा देखेपछि सहनै सकेनन् ।

समाचार अनुसार तीनै जनाबीच हात हालाहाल भयो । त्यसक्रममा प्रेमी सञ्जय कुटिएपछि ममताले पति छत्रपालमाथि तरवारले हमला गरिदिइन् । प्रेम सम्बन्धले सञ्जयकी भइसकेकी ममताले आफ्नो श्रीमान हो भन्ने ख्यालै नगरी छोराछोरीकै अगाडि छत्रसालमाथि तरवार प्रहार गरेर हत्या गरिन् ।

घटना हुँदा ममताका छोराछोरी त्यही थिए । आमाको कदम देख्दा डराएर दुबै नजिकैको घर मालिक कहाँ पुगे । ती घरमालिकले प्रहरीलाई खबर गरिदिए । घटनाको खबर पाएपछि तत्कालै प्रहरी त्यहाँ पुग्यो र ममता र कथित प्रेमी सञ्जयलाई गिरफ्तार गर्यो ।