८ कार्तिक २०८३, आइतबार

चीनसँगको सम्झौताले यसरी चकित पर्दैछ भारत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli & Narendra Modi India Nepalकाठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएका द्विपक्षीय सहमति र नेपाल–चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारम्परिक हैसियतमा चुनौतीका रुपमा हेरेका छन् ।

चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतका लागि हितकर छैन, भारतीय टेलिभिजन च्यानल जी न्युजले प्रसारण गरेको भिडियोमा भनिएको छ ।’

भारतीय पत्रकार सुधार रामाचन्द्रनले एसिया टाइम्स अनलाइनमा लेखेका छन्, ‘चीनसँग नेपालले गरेको पारवहन सम्झौताले भारतमार्फत हुने नेपाल पारवहन व्यापारको एकाधिकार तोडेको छ ।’

यद्यपि उनले सम्झौता हुँदैमा नेपालले चीनमार्फत पारवहन व्यापार गर्न सजिलो नरहेको औंल्याएकी छन् ।