८ कार्तिक २०८३, आइतबार

दिनभरि डोकोमा ढुङ्गा बोक्ने यी व्यक्ति को हुन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

harry-gorkha-1-1000x0गोरखा, १३ चैत । नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन् ।

काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन् । उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन् ।

मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन् ।

बिहीवार राति त्यही बसेका उनी शुक्रवार पनि सोही गेष्टहाउसमा बसेका थिए ।