काठमाडौं, १३ चैत । शिक्षा विभागले विद्यालय शिक्षासम्बन्धी कार्यक्रममा स्वागत र ब्याच वितरणलगायत कुनै पनि कार्यक्रममा महिला र छात्रा प्रयोग नगर्न निर्देशन दिएको छ ।
प्रमुख अतिथि, विशेष अतिथिलगायत विशष्टि व्यक्तिलाई स्वागत गर्ने नाममा प्रयोग हुँदै आएका पञ्चकन्याको समेतको प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
विभागले विशष्टि व्यक्तिलाई ब्याच दिँदा नलगाईकन हातमा मात्रै दिन निर्देशन दिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा विदेशी पाहुना आउँदा विद्यालयका विद्यार्थी प्रयोग गरेर घण्टौसँम लाइनमा राखेर स्वागत गर्ने व्यवस्थालाई समेत निषेध गरेको छ ।
काठमाडौं बाहिर जिल्ला भ्रमणमा जाँदा प्रमुख व्यक्तिललाई नाङ्गो खुट्टाले स्वागत गर्दा साना बालबालिकाको अधिकारसमेत हुनन हुने भएकाले शिक्षा विभागले प्रमुख अतिथिलगायत विशिष्ट व्यक्तिलाई स्वागत गर्ने साना विद्यार्थी प्रयोग नगर्न निर्देशन दिएको हो ।















प्रतिक्रिया