
उर्लाबारी(मोरङ), १२ चैत । मोरङको हसन्दहमा एमाओवादी निकट शिक्षक संगठन मोरङका पूर्व अध्यक्ष तिलविक्रम बस्नेत सहित एक दर्जन एमाओवादीका नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
हसन्दहमा आयोजित एक कार्यक्रमकाबीच एकिकृत माओवादीका स्थानिय नेता कदमलाल ऋषिदेव, काशिलाल ऋषिदेव, भक्त तिम्सिना, धनप्रसाद पराजुली, प्रेमबहादुर तिम्सिना, चन्द्रबहादुर राजबंशी र सहिद परिवारका सागर मगर लगायत एमाले प्रवेश गरेका हुन् ।
एमाले हसन्दह गाउँ कमिटी अध्यक्ष पदम धिमालको सभापतित्वमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कोशी अञ्चल इनचार्ज जीवन घिमिरे, एमाले मोरङ अध्यक्ष महेस रेग्मी, क्षेत्र नं. २ का सांसद चण्डीप्रसाद राई र गत साता एमाले प्रवेश गरेका बालेश्वर कामत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।












प्रतिक्रिया