– भोबिन्द्र शाह
बाजुरा, १३ चैत । बाजुरामा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
जिपले किच्दा जगन्नाथ गाविस वडा नं ६ बस्ने मन दमाइका ५ बर्षीया छोरा आदेश नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भारतमा चौकीदारी गर्दै आईरहेका नेपाली बडिमालिका नगरपालिका ५ तिपाडामा बसबाट ओर्ली खाना खान होटल बसिरहेका बेला आदेश सडकमा थिए । त्यही बेला सदरमुकाम मार्तडी हिडेको से १ ज ५५४ नम्बरको जिपले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि शुक्रबार नै जिल्ला अस्पताल मार्तडी ल्याएको छ भने चालक टेक बहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अधि बढाइएको छ ।
यता चालकले कुनै संकेत नै नदिई जिप गुडाउँदा आदेशले कलिलै उमेर ज्यान गुमाएको मृतकका अभिभावकले आरोप लगाएका छन् ।












प्रतिक्रिया