
– शिब प्रसाद लामिछाने
लाहोर । स्लामिक मुलुक पाकिस्तानको सिन्ध प्रान्तिय सरकारले यसै बर्ष देखि हिन्दुहरुको चाड होली र दिपावली साथै क्रिष्चियनहरुको चाड ईस्टरको लागि सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रान्तिय सरकारको यो घोषणासँगै पाकिस्तानमा होलीलाई अघिल्ला बर्षहरुमा भन्दा उल्लासमय रुपमा मनाईएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तमा मंगलबार होली मनाए पनि लाहोर कृष्ण मन्दिरमा बुधबार र लाहोर कै बाल्मिकी मन्दिरमा बिहिबार होली मनाईको छ । सरकारको घोषणासँगै लामो समयदेखि आफ्नो हिन्दु परिचयलाई लुकाएर बसेका नेपालीहरु पनि यसै बर्ष देखि आफूलाई सुरक्षित अनुभूत गर्न थालेका छन् ।
लाहोरमा रहेका नेपालीहरुले पनि उल्लासका साथ होली मनाएका छन् । लाहोरमा रहेका हिन्दुहरुसँग उल्लासमय रुपमा नेपालीहरुले होली मनाएका हुन् । नेपालीहरुसँग होली खेल्न पाउँदा आफूहरुलाई खुसी लागेको पाकिस्तानी हिन्ुदरुले बताए । नेपालीहरुले पनि लामो समयदेखि आफ्नो चाडपर्वमा लुकेर मनाउनु पर्ने बाध्यताबाट बाहिर निस्केका छन् ।
“केही नेपालीहरु र पाकिस्तानमा रहेका हिन्दुहरुसँग होली मनाउँदा पाउँदा धेरै खुसी लागेको छ” चार बर्ष देखि पाकिस्तानमा अध्ययनरत शुसिला अधिकारी बताउँछिन्, उनी भन्छिन् “अघिल्ला चार बर्षहरुमा हामी आफ्नै होस्टलमा साथीहरुसँग होली मनाउने गरेको थियौँ, यो बर्ष मन्दिरमा आएर पाकिस्तानी हिन्दुहरुसँग होली मनाउँन पाउँदा धेरै खुसी लागेको छ ।”
पाकिस्तानमा अध्ययनरत नेपालीहरु उषा पौडेल, अब्बास अन्सारी र संर्घष पन्त पनि मन्दिरमा आएर होली मनाउन पाएको खुसी व्यक्त गर्छन् । यद्यपी केही नेपालीहरुले भने होस्टलमा नै नेपालीहरु होली मनाएका छन् ।


















प्रतिक्रिया