३० आश्विन २०८३, शुक्रबार

लक्ष्मी प्रतिष्ठानलाई एकै बसाईमा १३ लाख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

b8– विजय थापा

वाशिंगटन डिसी । गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानका गतिबिधिहरुको प्रस्तुति संजाल विस्तारका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायले लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई एकै बसाईमा १३ लाख जुटाई दिएका छन् ।

उक्त रकम डिसी महानगर क्षेत्रमा बसोबास गर्ने बिभिन्न पेसामा रहेका ७६ जना नेपाली समुदायले चन्दा रकम हस्तान्तरण गरेको जानकारी समाज सेवी दधिराम ढुंगानाले दिएका छन् ।

उक्त चन्दा कार्यक्रम स्थल मै बिष्णु गौतमलाई दिएका थिए भने चन्दादाताले नगद ,धनादेश (चेक) तथा कार्यक्रममा उपस्थित हुदा रकम नल्याएकोले लागोमा दिने प्रतिज्ञा सहित १२ हजार १ सय अमेरिकन डलर संकलन गरि संस्थापकलाई हस्तान्तरण गर्ने भएका छन् ।

प्रतिष्ठानका संस्थापक गौतमले कसरी संस्था जन्मियो र कस्ता कस्ता अप्ठ्यारा लाई चिर्दै संस्थाले गरेको उपलब्धि मध्ये बिशेष चेपांग समुदाय, भूकम्प पीडित, सौर्य उर्जा तथा शिक्षा क्षेत्रमा अद्वितीय काम गरेको प्रस्तुतिले उपस्थित डिसी बासी स्वस्र्फूत उत्प्रेरित भै आर्थिक सहयोग जुटेको हो ।

आर्थिक सहयोग गर्न ओईरो लागेको थियो । कार्यक्रम स्थलमा रकम दिन नसकेता पनि घरमै भेटघाट गरेर भए पनि लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमलाई चन्दा अझ पनि दिने क्रम जारी छ ।

उक्त कार्यक्रममा ब्यबसायी तथा समाजसेवी राजिव मैनालीले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की तथा बिशेष अतिथिमा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम हुनु हुन्थ्यो ।

कार्यक्रममा आजीवन सदस्यहरुको घोषणा गरिएको पनि थियो भने कार्यक्रम ब्यबस्थापनको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह राम बस्यालले गरेका थिए ।