८ कार्तिक २०८३, आइतबार

बिहीबार भारतीय दूतावासभित्र के भयो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-ambessy-at-KTMकाठमाडौं, १२ चैत । भारतीय राजदूत रन्जित रेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षहरुसँग लन्च मिटिङ गरेका छन् ।

नयाँ संविधानप्रति विमती जनाउँदै तराई मधेसमा आन्दोलनरत मोर्चाका नेतालाई लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर छलफल गरिएको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उक्त भेटघाटमा राजनीतिक विषयमा छलफल नभएको जनाएका छन् । ‘होलीको शुभकामना आदान प्रदान गर्ने मात्रै काम भयो, अरु त्यहाँ केही भएन’, महतोले भने ।’

उनका अनुसार मोर्चा सम्बद्ध सचिवालयले भने शुक्रवार बैठक बसी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्दैछ ।

राजदूत रेले मोर्चाआबद्ध तराई मधेसकेन्द्रीत सातै दलका नेतालाई लैनचौर बोलाएका थिए ।