१६ कार्तिक २०८३, सोमबार

बुहारीले राखेको पैसा झिक्दा छोराबाट मारिए यी पिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siraha

लहान, ११ चैत । सिरहाको धनगढीमाई नगरपालिकामा आज साँझ एक युवकले आफ्नै बाबुलाई बियरको बोतलले टाउकामा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

धनगढीमाई –१० निवासी २० वर्षीय सञ्जय सदाले बोतलले प्रहार गरी आफ्नै बाबु ४० वर्षीय लक्ष्मीको हत्या गरेको अभियोग प्रहरीले लगाएको छ ।

बुहारीले राखेको पैसा झिकेका विषयमा बाबुले गाली गरेपछि छोराले आवेगमा आई बाबुको हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । टाउकामा बोतलले लागेर सदाको घटनास्थलमै मृत्यु भएको र अभियुक्त सञ्जयलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।

यसैबीच सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २६ वर्षीय पवनकुमार तामाङमाथि आज खुकुरी प्रहार भएको छ । रिसइबीका कारण आशामान तामाङ र उहाँका छोरा १८ वर्षीय नरेशले पवनको टाउकामा खुकुरी प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घाइते तामाङको मङ्गलम अस्पतालमा उपचार भइरहेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । अभियुक्तमध्येका नरेश प्रहरीको नियन्त्रणमा रहेको र आशामानको खोजतलास भइरहेको जनाइएको छ । रासस