१६ कार्तिक २०८३, सोमबार

डोटीमा डढेलो रोकथाम गर्न जिल्लाव्यापी अभियान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_district– झलक पाली
डोटी, ११ चैत । वन जङ्गगलको संरक्षणका क्षेत्रमा डढेलो प्रमूख समस्याका रुपमा देखा पर्न थालेपछि जिल्ला वन कार्यालय डोटीले डढेलो रोकथामको लागि जिल्लाव्यापी अभियान थालेको छ ।

अभियानको पहिलो चरणमा प्रत्येक ईलाका वन कार्यालय अन्तरगत रहेका सामुदायिक वनका पदाधिकारीहरुलाई डढेलो रोकथाम सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक तालिम दिन लागिएको डोटीका जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए ।

जिल्ला वन कार्यालय डोटीका अनुसार ईलाका वन कार्यालय बुडर, बिपिनगर, दुर्गामाण्डौं, चनुकाँडा, गोपघाट र सिलगढीमा ३ दिने डढेलो रोकथाम सम्बन्धि तालिम सम्पन्न भईसकेको र कालिकास्थानमा शुक्रबार देखि शुरु हुने बताईएको छ । डढेलो रोकथाम तालिममा डढेलो नियन्त्रणका क्षेत्रमा नेपालमै नमुना मानिने सुन्दर सामुदायिक वन मकवानपुर जिल्लाका केदार बर्तौला र बुद्धि पौडेलले तालिम दिईरहेका छन् ।

वनमा आगलागी हुनुको कारण पहिचान, डढेलो रोकथाममा समुदायको भूमिका, डढेलो नियन्त्रणमा आधुनिक औजारको स्थलगत प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा स्थलगत रुपमा अभ्यास गराईएको जिल्ला वन अधिकृत कार्कीले बताए । तालिम अवधीमा जिल्लाका ७ वटा ईलाकामा करिब तीन जनालाई तालिम दिईएको र उनिहरु मार्फत समुदाय तहसम्म सचेतना फैलाउने कार्यक्रम रहेको जिल्ला वन कार्यालय डोटीले जनाएको छ ।

डोटीमा शिकार खेल्दा, घाँसको लागि, वनमा बिंडी–चुरोटका ठुटाहरु फाल्दा डढेलो लाग्ने गरेको पाईएको छ । मानव श्रृजित समस्याहरुलाई रोकथाम गर्नका लागि सबै वनका उपभोक्ताहरु, सरोकारवालाहरुले समुदाय तहसम्म सचेतीकरण गर्नुपर्ने जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले सबैमा सल्लाह दिए । डढेलो नियन्त्रणका लागि जिल्लाव्यापी अभियान शुरु गरिएको डोटीका लागि पहिलो पटक हो ।