दाङ, ११ चैत । मध्यपश्चिममा होलीकै दिन लज्जास्पद घटना भएका छन् ।
मंगलबार मनाइएको होलीलाई उमंग र रंग पर्वका रुपमा मनाइएपनि दाङमा भने लज्जित बनाउने घटना भएको हो । त्यहाँ होली खेल्दै हिडेका युवाहरुले होलीकै दिन दुई बालिकाको अस्मिता लुटेका छन् ।
पुरन्धारा–६ बस्ने १६ वर्षीय टोपबहादुर ओली लगायतका केटाहरुले होली खेल्ने क्रममा सोही ठाउँ बस्ने १२ वर्षीया र १० वर्षीया २ बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ओलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–२४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार जुम्ला महत नगरपालिका–९ का २१ वर्षीय प्रताप खत्रीलाई पक्राउ गरेको छ ।












प्रतिक्रिया