३० आश्विन २०८३, शुक्रबार

‘मालती मंगले’का लेखक थापालाई न्यूयोर्कमा सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1न्यूयोर्क । मार्च २०, २०१६ आइतबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले यस वर्षदेखि हरेक महिनाको तेस्रो आइतबार उल्लेखनीय साहित्यिक गतिविधि र कार्यक्रम गर्ने योजना अनुसार न्यूयोर्कमा नेपाली नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ हरिबहादुर थापालाई रंगमंच सम्राटको उपाधीले सम्मानित गरिएको हो ।

गीति नाटक मालती मङ्गलेका चर्चित नायक हरिबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश पनि सो कार्यक्रममा भिडियो प्रदर्शन गरिएको थियो भने पाइलाहरू शीर्षकको सोही भिडियो सिडी पनि लोकार्पण गरियो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा भट्टराईको प्रमुख आतिथ्यमास नेपाली महाबाणिज्यदूतावास न्यूयोर्कका अधिकारीहरूस र स्थानीय समुदायको उपस्थिति रहेको सो कार्यक्रममा आज सम्मानित हुनुहुने रङ्गकर्मी कलाकार हरीबहादुर थापालाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दुर्गा भट्टराई, महाबाणिज्यदूत नारायण मैनाली, उप बाणिजदूत एवं कवि प्रबिन भट्टराई, साहित्य सर्जक गीता खत्री लगायतले कलाकार हरिबहादुर थापालाई शुभकामना मन्तव्य दिनुभएको थियो भने बाणिज्यदूत तथा गीतकार कृसु क्षेत्रीले उहाँको नेपाली नाटक प्रतिको अतुलनीय योगदानको समीक्षा गर्नु भएको थियो ।

अनेसास न्यु योर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र कुशल उदघोषिका एवं साहित्य सर्जक शकुन ज्ञवालीको उदघोषणमा सञ्चालन गरिएको सो कार्यक्रममा साहित्य सर्जकहरु विजया सीमले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नु भएको थियो भने लक्ष्मी श्रेष्ठले शुभकामना कविता वाचन गर्नु भएको थियो ।