मुगु, ११ चैत । मुगु जिल्लाको कार्कीबाडा–१ की २४ वर्षीया संगीता रावलले जिल्ला अस्पतालमा तीन दिनदेखि रगत पाइरहेकी छैनन् ।
दुई दिनअघि कार्कीबाडाकै विद्यालयमा सञ्चालित स्वास्थ्य शिविरमा जाँच गराउँदा उनी त्यही सुत्केरी भएकी थिइन् ।
रक्तश्राव नरोकिँदा जिल्ला अस्पताल ल्याइएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सन्तान जन्माएपछि अत्यधिक रक्तश्रव हुँदा उनी छटपटाइरहेकी छिन् । शरीरमा रगतको मात्रा ८.७ पिन्ट मात्र थियो । जिल्लामा रक्त सञ्चार केन्द्र छैन । भनेका बेला रक्तदान गर्ने भेटिन्नन् ।
रक्त समूह पनि मिल्नुपर्यो । सिकिस्त अवस्थाकी सुत्केरीलाई बचाउन चिकित्सक आफै रगत खोजिरहेका थिए ।
रगत पाइए पनि ब्लड बैँक नहुँदा रावललाई रगत दिन कठिनाइ भएको जिल्ला अस्पतालका डा. रत्नवीर सुनारले बताए ।
‘रगतको मात्रा कम छ, भनेका बेला पाइँदैन’, उनले भने । अस्पतालमा रहेको रगतको म्याद सकिएको र नेपालगञ्जबाट झिकाउन पनि समयमै नसोच्दा सुत्केरीले दुःख पाएको चिकित्सकले बताए ।















प्रतिक्रिया