३० आश्विन २०८३, शुक्रबार

इकोटिरियल गुयानामा एनआरएनएको ७३ औं शाखा गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn logo– विजय थापा
अफ्रिका । मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन भएको छ ।

एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवासीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय  समितिमा सन्त बहादुर बिष्ट अध्यक्ष रहेका छन् ।

समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपाध्यक्ष, कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार केसी कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्रशान्त शर्मा, लबकुमार थपलिया, उमेश दाहाल, सुमन बिके, सुनिल बिके र दुतराज लामा चयन भएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यात गर्ने राष्ट्र मध्ये एक हो ।

यहाँ करिब दुइ दर्जन नेपालीहरु विभिन्न ब्यबसायमा सलग्न छन् । इकोटिरियल गुयाना अब एनआरएनएको ७३ औं शाखा र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ ।