काठमाडौं, १० चैत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल अभियानले सामाजिक परिचालन विभाग गठन गरेको छ ।
सामाजिक परिचालन अभियानलाई तीव्रता दिने उद्देश्यले ३ नं. प्रदेशका संयोजक वलावती शर्माको अध्यक्षतामा बसेको सचिवालय बैठकले विभिन्न क्षेत्रमा सामाजिक परिचालन गर्न केन्द्रीय परिषद सदस्य निर्मल भट्टराईको संयोजकत्वमा १३ सदस्यीय विभाग गठन गरिएको हो ।
बुधबार नयाँ शक्तिद्धारा जारी विज्ञप्तिमा आज गठन भएको विभाग क्लिन काठमाण्डौ ग्रीन काठमाण्डौ अभियानसंग सहकार्य समेत गरेर अगाडी बढ्ने उल्लेख छ ।
को–को छन् विभागको सदस्यमा ?
१. निर्मल भट्टराई संयोजक
२. कमला पहारी सदस्य
३. छत्रलाल श्रेष्ठ सदस्य
४. मोहन थापा सदस्य
५. कविता सरकार सदस्य
६. पूर्ण श्रेष्ठ सदस्य
७. विष्णु थापा सदस्य
८. शंम्भु चौधरी सदस्य
९. दीपक भट्ट सदस्य
१०. रुद्र पौडेल सदस्य
११. पूर्ण रम्तेल सदस्य
१२. विश्वजन थापा श्रेष्ठ सदस्य
१३. सन्त श्रेष्ठ सदस्य












प्रतिक्रिया