१६ कार्तिक २०८३, सोमबार

जिपको ठक्करले एक बालकको मृत्यु, २ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_district– झलक पाली
डोटी, १० चैत । डोटी–डडेल्धुरा जोड्ने के.आई.सिंह राजमार्ग अन्तर्गत गोपघाट भन्ने ठाउँमा जिपको ठक्करबाट बुधबार एक बालकको ज्यान गएको छ । घटनामा परि २ जना बालबालिका घाइते भएका छन् ।

डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७८७ नम्बरको जिपले ठक्कर दिँदा ५ वर्षीया बालक आर्यन बलायरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

लाटामाण्डौ–७ का १५ वर्षीया निशा बलायर र ४ वर्षीया गोकर्ण विष्ट घाइते भएका छन् ।

निशालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको पनि प्रहरीले जनाएको छ । मृतक आर्यनको कोहलपुर लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । गोकर्णको भने सुजङ् अस्पताल राजपुर डोटीमै उपचार भइरहेको जनाईएको छ ।

ठक्कर दिने जिप र जिप मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिपका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।