१ कार्तिक २०८३, शनिबार

फुटबल विवाद मिलाउन दुई पक्षबीच गम्भीर वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

all-nepal-football-association-anfaकाठमाडौँ, १० चैत । एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रतिनिधिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिका पदाधिकारी भेटेर नेपाली फुटबलको पछिल्लो अवस्था र देखिएका समस्या अन्त्यबारे छलफल गरेको छ ।

एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक सन्जीवन बालासिङ्घम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कावा अध्यक्ष नरन्द्र श्रेष्ठलगायतसँग फुटबलका विविध विषयमा छलफल गरेको हो । भेटमा उनीहरुले यथाशक्य चाँडो साधारणसभामार्फत एन्फाको नयाँ नेतृत्व छान्न पदाधिकारीलाई अनुरोध गरेका छन् ।

एएफसीका प्रतिनिधिले साधारणसभाबाट आएको नयाँ नेतृत्वले अहिलेको एन्फा विवाद समाधान गर्नसक्ने बताउँदै त्यसले विधान संशोधन गर्नसमेत मार्ग प्रशस्त गर्ने सुझाव दिएकोे छ ।

एन्फाका पदाधिकारीले भने संस्थाको साधारणसभा रोक्न पुनरावेदन अदालतबाट आदेश भएकाले सभा गर्न नसकिएको प्रतिक्रिया दिएको एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना असन्तुष्ट तीन पदाधिकारीसहित चार जनाले मुद्दा फिर्ता लिए साधारणसभा गर्न सकिने एन्फाले एएफसीका प्रतिनिधि सामु प्रष्ट पारेको छ । एएफसीका प्रतिनिधिले पनि आजै असन्तुष्ट पक्षसँग छलफलमा गर्ने र मुद्दा फिर्ता लिन अनुरोध गर्ने बताएका छन् ।

अघिल्लो वर्ष कार्यसमिति तीन बैठकमा लगातार अनुपस्थित भएको भन्दै तीन उपाध्यक्ष र एक सदस्यलाई एन्फाले कारबाही गरेपछि विवाद बढेको थियो । रासस