१६ कार्तिक २०८३, सोमबार

सामाजिक काममा सघाउँदै नेपाली सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marchawar-Sena (2)

जुम्ला, १० चैत । जुम्लास्थित नेपाली सेनाको भगवती दल गणले सामाजिक काममा सघाउँदै आएको छ । रक्तदान, निःशुल्क स्वास्थ्य सेवा, राहत वितरण र शिक्षा क्षेत्रमा काम गरेर समुदायलाई सहयोग पु¥याएको छ ।

सेनाले गज्याङ्कोट गाविसको जीर्ण अवस्थाको शङ्कर माध्यमिक विद्यालयको मर्मतसम्भार गरेको छ । विद्यालयको भौतिक अवस्था निकै दयनीय भएपछि विद्यालय मर्मत गरिएको गणपति सुशीलकुमार थापाले बताउनुभयो ।

गणपति थापाले भन्नुभयो, “हामीले विद्यालय जीर्ण अवस्थामा छ र बालबालिकाको पढाइलाई त्यसले प्रभावित बनाएको छ भन्ने थाह पाएपछि, मर्मतसम्भार गरेका हाँैं ।”

विद्यालय मर्मतपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । पर्खाल, झ््याल, ढोका मर्मत गरिएको विद्यालयमा रङ्गरोगन र लिपपोत गरी समुदायलाई हस्तान्तरण गरेको सेनानी उद्धव सापकोटाले बताउनुभयो । रासस