७ कार्तिक २०८३, शनिबार

स्थापना नै नभई बाबुरामको नयाँ शक्ति फुटको संघारमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburamकाठमाडौं, १० चैत । बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई फुटको संघारमा पुग्न लागेको छ भन्दा सायदै कसैले पत्याउँला ! तर, वैधानिक रुपले पार्टीको रुप धारणा नगर्नै बाबुराम स्वयंकै कारण यसभित्र विभाजनको बीउ रोपिएको हो ।

माओवाद र जनवादलाई अआधार मानी लडिएको जनयुद्धको जगमा खडा गरिएको पार्टीमा बाबुराम स्वयंका कारण केही पाखा र केही काखा भएका छन्। परिषद्का निर्णायक बैठकमा जनयुद्धको पृष्ठभूमिबाट आएका नेतालाई बाबुरामले आफ्ना कुरा राख्न अवरोध गर्ने गरेका छन् ।

उनीहरुलाई न सार्वजनिक एक्सपोजर हुने खालका जिम्मेवारी दिइएको छ न त पार्टीका विभिन्न आन्तरिक बैठक र कार्यक्रममै स्थापित हुन सक्ने गरी प्रस्तुत हुनै दिइएको छ ।

बाबुराम नै मुलुकका भाग्य र अविष्य निर्माण गर्न सक्ने एक मात्र व्यक्तित्व भहुन् भनी जीवनभरको आदर्श वामपन्थलाई एकाएक तिलान्जली दिएर आएका पूर्वएमाओवादी केद्रीय नेता अहिले यता न उताका भएका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।