२९ आश्विन २०८३, बिहिबार

नक्कली राष्ट्रवादको खोल ओढ्नेहरुलाई प्रधानमन्त्रीले दिएको सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abinash-Budhathokiखाडीको ४६ डिग्री सेल्सियस तापक्रमसँग रमाउन सिकेको छु । परिवारको माया र याद मनभरि संगालेर बेल्चा बजार्दै खाडीमा चमत्कार छर्दैछु । देशमा अस्थिरता कायम छ । म जस्ता ६० लाख युवा खाडीलाई सुन्दर रूप दिएर विकास गर्दैछौं । राष्ट्र चरम संकटमा परेको छ । हामी खब्बुस र पानीले सास हालेर नेतृत्वलाई खबरदारी गरिरहेका छौं । आफ्नो जीवन तरवारको धारमा राखेर आफ्नो जोसिलो जोस र जाँगर खाडीलाई बेचेर बुढेसकालमा राष्ट्रको बोझ बन्न विवस छौँ । हातमा उठेका ठेला र काम गर्दा गर्दै लागेका सामान्य चोटपटकको दुखाइले मलाई दुखेन र दुख्दैन । तर त्यो दिन म भक्कानिएर देशलाई सम्झेर रोएको थिएँ र अझै पनि बेलाबेला भक्कानिने गर्छु ।

जतिबेला राजनीतिक भद्र सहमति तोडेर प्रधानमन्त्री छनोटका लागि व्यवस्थापिका संसद्मा निर्वाचन हुँदै गर्दा त्यहाँ खुलेरै वलीका पक्षमा राष्ट्रवादी शक्ति र स्व. सुशील कोइरालाको पक्षमा भारतवादी शक्ति आ– आफ्नै तरिकाले जिताउन लागेका थिए । भारतले लगाएको नाकाबन्दीको ‘न’ पनि उच्चारण गर्न नसक्ने नेपाली कांग्रेस, आफ्नै सरकार हुँदा ४० जनाभन्दा बढी मधेसी मार्ने र सरकारबाट बाहिरिएपछि तिनै मोर्चासँग ¥याली निकाल्ने कांग्रेस, आफ्नो सरकार हुँदा संशोधन गर्नु नपर्ने संविधान सरकारबाट बाहिरिएपछि भूकम्प प्रभावित जनताका समस्या भन्दा पनि भारतको समस्यालाई प्रमुख सम्झेर पुनर्निर्माण विधेयक रोकेर संविधान संशोधन विधेयक ल्याउन राज्यलाई बाध्य पार्ने नेपाली कांग्रेस, पञ्चेकालमा फाइदामा गएका उद्योग, कलकारखाना कौडिको भाउमा बेचेर खाने पनि नेपाली कांग्रेस अनि राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रियताका लागि चट्टानी अडान लिने एमाले अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीका चाहिँ खोक्रा राष्ट्रवाद हुने ? कसरी ?

राष्ट्रवादको नाममा भारतवाद अंगाल्ने, लोकतन्त्रका नाममा तानाशाही निरंकुशता अंगाल्ने, समाजवादका नाममा मोदीवाद अंगाल्ने नेपाली कांग्रेस मुलुकको ठूलो दल र पुरानो दल भएका कारणले नेपाल र नेपाली जनताप्रति उत्तरदायी बन्न नसकी दलाली गरेको देख्दा नेपालीको मनमा पिर त पर्ने नै भयो तर राष्ट्रमा अस्थिरता झनै बढेर गयो ।

आफ्नो सरकार हुँदा संशोधन गर्नु नपर्ने संविधान सरकारबाट बाहिरिएपछि भूकम्प प्रभावित जनताका समस्या भन्दा पनि भारतको समस्यालाई प्रमुख सम्झेर पुनर्निर्माण विधेयक रोकेर संविधान संशोधन विधेयक ल्याउन राज्यलाई बाध्य पार्ने नेपाली कांग्रेस, पञ्चेकालमा फाइदामा गएका उद्योग, कलकारखाना कौडिको भाउमा बेचेर खाने पनि नेपाली कांग्रेस अनि राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रियताका लागि चट्टानी अडान लिने एमाले अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीका चाहिँ खोक्रा राष्ट्रवाद हुने ? कसरी ?

१ सय २३ जाती र १ सय २५ भाषी भएका जनसमुदायका बीचमा बर्गीय मुद्दा छोडी जातीय र क्षेत्रीय राजनीति अंगालेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीति क्रियाकलाप बढो सकारात्मक रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा सामाजिक सञ्जालमा धेरै टिप्पणी देखा परे । तर प्रधानमन्त्री कै कारण भारतसँग नैतिक युद्धमा विजय भएको कुरा जसरी भए पनि विरोध र आलोचना गर्नुपर्छ भन्ने मानसिकता भएकाहरूको चेतना स्तरले देख्न सकेन होला । अहिले विश्व धेरै परिवर्तन भएको छ । कुनै समय आफूभन्दा साना र कमजोर राष्ट्रलाई प्रत्यक्ष भौतिक आक्रमण गरेर आफ्नो कावुमा राख्ने र आफ्नो बर्चस्व जमाउने प्रचलन थियो तर अहिले साम्राज्यवादीहरू र विस्तारवादीहरूले आफ्नो नीति र तरिका बदलेका छन् । साना र कमजोर राष्ट्रमा राजनीतिक हस्तक्षेप, विकासमा हस्तक्षेप, स्रोत र साधनमा हस्तक्षेप, राज्य प्रणालीमा हस्तक्षेप जमाएर अप्रत्यक्ष रूपमा अघोषित नैतिक युद्धद्वारा आफ्नो बर्चस्व जमाइरहेका छन् ।

नेपाल सार्वभौम र स्वतन्त्र मुलुक हो कुनै शक्तिशाली राष्ट्रको प्रान्तीय राज्य होइन । अन्तर्राष्ट्रिय कानुन अर्थात् जेनेभा सन्धिले भूपरिवेष्ठित राष्ट्रलाई स्वतन्त्र रूपमा पारवहन सेवा दिनुपर्ने मान्यता राखेको छ । र भारतले नेपाल भूपरिवेष्ठित राष्ट्र भएको कारणले युद्धको बेलामा पनि स्वतन्त्र पारवाहन सेवा दिने सर्तमा उक्त कानुनमा हस्ताक्षर गरेको छ । तर आफ्नो अनुकूल संविधान नबनाउनाले उसले नेपालमाथि अघोषित युद्धको घोषणा ग¥यो । राष्ट्रमाथि यत्रो बज्रपात हुँदा पनि नेपालका दल र मोर्चाहरु आपसी एकता बनाएर राष्ट्रिय समस्यामा केन्द्रित हुन नसक्नु नेपालको विडम्बना हो । राष्ट्रिय समस्या अहिले सत्तारूढ दललाई थुपारेर केही दल र मोर्चा दलालगिरी गरिरहेका छन् ।

राष्ट्रिय समस्यामा नहडबढाई भारतीय भूमी हुँदै बंगलादेशसँग स्वतन्त्र पारवाहन सेवाका लागि भारतलाई मनाएर नैतिक झापड मोदी सरकारलाई लगाउनु ओली नेतृत्वको सरकारको पहिलो नैतिक जित थियो । भारतमा राजकीय सम्मान पाउनु र भारतीय मिडिया र उच्चस्तरीय भेटघाटमा नेपालको संविधानको कुन चाहिँ धाराले कुन वर्ग र कुन जातीलाई भेदभाव गरेको छ भन्ने प्रश्न गर्ने साहस गर्नु ओलीको अर्को राष्ट्रवादको नैतिक विजय थियो । नेपाली जनताको स्वाधीनता र साहसको नमुना मोदी सरकारको अगाडि उदाहरणको रूपमा प्रस्तुत् गरिएको थियो । नेपालका केही दलालीगिरी गरेर आफ्नो पेट पाल्ने पत्रकार र मिडियाले ओली सरकारका चुनौती र कार्यलाई छायाँमा पार्न खोजे पनि भारतमा दिनरात हरेक मिडिया क्षेत्रमा प्रधानमन्त्री ओलीले चर्चा पाइराखे र नेपाली जनताको गौरवत्वले छातीको कद बढिरह्यो ।

अहिले प्रधानमन्त्री चीन भ्रमणमा हुनुहुन्छ । उहाँका टिक्का टिप्पणीले फेरि सामाजिक सञ्जाल भरिएका छन् । प्रधानमन्त्रीले आपुर्तिमन्त्री गणेशमान पुनलाई आफ्नो भ्रमण टोलीमा लगेनन् भन्दै असन्तुष्ट पोख्ने जमात पनि भेटिए । कर्मचारीतन्त्रले राज्यलाई प्रभावकारी बन्न नदिएको सत्य हो । यही कर्मचारीतन्त्रलाई भ्रममा राख्न माओवादी कार्यालयले नै आपुर्ति मन्त्री चीन भ्रमणमा नजाने भन्दै हल्ला फिँजाएको भए पनि भ्रमण टोलीमा उहाँको नाम राखिएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डासँग भारत अतालियो र रातारात आफ्नो दुत र विदेश मन्त्री सुष्मा स्वराजहरूलाई नेपाल पठाएर मन्त्री परिषद्का सदस्यदेखि आयल निगमका कर्मचारी र केही सत्तारुढ दललाई भारतले किन्न भ्यायो ।

प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिन एकीकृत माओवादीको आपतकालिन बैठक बस्यो र माओवादीको बैठकले नै उर्जा मन्त्री रायमाझी र आपुर्ति मन्त्री गणेशमान पुनलाई चीन भ्रमणमा नपठाउने प्रचण्डको एकल निर्णय नै पास गराएपछि आपुर्ति मन्त्रीको ठाउँमा प्रधानमन्त्रीको भ्रमण टोलीमा शिक्षा मन्त्रीलाई समावेश गरिएको थियो ।

अब भारतको दलाली गर्ने मालिक र तिनका साना तथा ठूला कामदारले अब प्रधानमन्त्री केपी ओली अर्थात् एमालेको खोक्रो राष्ट्रवाद मुर्दावाद भनेछन् भने पनि नेपाली जनता र एमालेलाई कुनै आपत्ति हुने छैन । प्रधानमन्त्री ओली युगपुरुष बनेर एमालेको राष्ट्रवादलाई ऐतिहासिक रूपमा इतिहासका पानामा लेखाउन सफल हुनुभएको छ ।

प्रधानमन्त्री ज्यूले हिमालय एअरलाईन्सको विमान च्यार्टर गरेर चीन प्रस्थान गर्दा धेरैका धेरै कुरा देखियो । नेपाल वायु सेवाको विमान किन प्रयोग गरेनन् भन्ने प्रश्न पनि देखियो । हिमालय एअरलाईन्सले प्रधानमन्त्रीको भ्रमण टोलीलाई फ्रिमा च्याटर दिएर आफ्नो पहिलो परीक्षण आरम्भ गरेको थियो । जसरी भए पनि विरोध गर्नैपर्छ भन्ने मानसिकता भएकाहरूका लागि औचित्यहीन टिप्पणी नै सर्वोत्कृष्ट हुन्छ ।
प्रधानमन्त्रीले चीनमा पनि राजकीय सम्मान पाउनुभएको छ । उहाँ प्रधानमन्त्री भएका कारणले गर्दा उहाँको सम्मानले नेपाली जनताको गौरव बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता भनेकै बिना सर्त नेपालको विकास र नेपाली जनताको सम्वृद्धि हो । पञ्चेकालमा चीनले बनाइदिएका उद्योग कलकारखाना अर्थात् निजीकरणद्वारा सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना नेपाली कांग्रेसले कौडिको भाउमा बेचिखाएकालाई पुनः सञ्चालनमा ल्याई विभिन्न क्षेत्रमा लगानी गर्न चीन सरकार र चिनियाँ ब्यबसायीलाई प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले चीनसँग केही ऐतिहासिक सम्झौता पनि गर्नुभएको छ । कस्ता छन् त प्रधानमन्त्रीले चीनसँग गरेका सम्झौता–

१. पारवहन सम्झौता

२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने

३. पोखरा विमानस्थल निर्माणसम्बन्धी सम्झौता

४. २५ प्रतिशत विना ब्याजको अनुदान

५. एक्जिम बैंकको ऋण

६. ट्रेडमार्क दर्तासम्बन्धी सम्झौता

७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्बन्धी समझदारी

८. स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता

९. बैंकिङ रेगुलेसनसम्बन्धी सम्झौता

१०. हिल्सामा पुल निर्माण

माथि उल्लेखित सम्झौता ऐतिहासिक छन् । नेपाल र नेपाली जनताको सम्वृद्धि र विकासका लागि कोसेढुंगाको रूपमा रहने छन् । भारतको लगातार दवावका बाबजुद पनि प्रधानमन्त्री ओलीले तत्कालीन राजा महेन्द्रले पनि गर्न नसकेको ऐतिहासिक कार्य सहजै पूरा गर्नुभएको छ । भएका सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारले आवश्यक पहलकदमी शुरु गर्नुपर्दछ ।

विनाशकारी भूकम्प र भारतले लगाएको नाकाबन्दीले नेपालमा आर्थिक संकटसँगै मानवीय संकट पनि देखा परेको छ । पुनर्निर्माण र संविधानको कार्यान्वयन गर्नु र गराउनु वर्तमान सरकारको पहिलो प्राथमिकता भए पनि यो चुनौतीको रूपमा खडा छ । हरेक चुनौती नै अवसरको अर्को प्रारम्भिक रूप भएकाले यस्ता चुनौतीपूर्ण घडीमा दलहरूको एकता अबको १० बर्षसम्म अटुट रूपमा रहन आवश्यक छ ।
राष्ट्रवाद, लोकतन्त्र र समाजवादको नारा लगाएर नेपाल र नेपाली जनताको दलाली गर्नेहरूको नक्कली राष्ट्रवादलाई चिर्दै नेपालमाथि भारतीय दादागिरी अर्थात् सिन्डिकेटलाई तोडेर एमाले नेतृत्वको सरकार अर्थात् प्रधानमन्त्री ओलीले चीनसँग गरेको सम्झौताले नेपाललाई नयाँ अध्यायमा प्रवेश गराएको छ ।

तसर्थ अब भारतको दलाली गर्ने मालिक र तिनका साना तथा ठूला कामदारले अब प्रधानमन्त्री केपी ओली अर्थात् एमालेको खोक्रो राष्ट्रवाद मुर्दावाद भनेछन् भने पनि नेपाली जनता र एमालेलाई कुनै आपत्ति हुने छैन । प्रधानमन्त्री ओली युगपुरुष बनेर एमालेको राष्ट्रवादलाई ऐतिहासिक रूपमा इतिहासका पानामा लेखाउन सफल हुनुभएको छ ।