काठमाडौं, १० चैत । प्रचण्डले अन्तिमसम्म पुनरावेदन अदालतका मुख्य न्यायाधीशका पुरुषेत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीश बनाउने प्रयासका अनेक जोर–जुलुम लगाए । पुरुषोत्तम थिए, एमाओवादी नेता जनार्दन शर्माका नजिकका आफन्त ।
त्यसका लागि प्रचण्डले प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठलाई दबाब दिए । कानुनमन्त्री अग्नि खरेल र प्रधानन्यायाधीश श्रेष्ठसँग संयुक्त भेट पनि गरे ।
तर, प्रधानन्यायाधीशले पुरुषोत्तम पहिलाका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र रामकुमारप्रसाद साहको सेटिङमा चल्ने व्यक्ति भएको भन्दै निरन्तर अस्वीकार गर्दै रहे ।
उता, सर्वोच्च अदालतको न्यायाधीश हुँदा प्रधानन्यायाधीश बन्ने निश्चित भएर न्यायपरिषदबाट राजीनामा दिइ हिँडेका उपेन्द्रकेशरी न्यौपाने न्वारनदेखिको बल लगाएर न्यायाधीश नियुक्ति रोक्न लागीपरिरहेका छन् । जनआस्था साप्ताहिकले समचार छापेको छ ।
गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा जरी पनि चोख्याउने जिम्मा लिएका र कांग्रेससम्बद्ध वकिलबीच ‘काइते’का रुपले चिनिएका यदुनाथ खनाल भने न्यायाधीश नियुक्ति भएपछि रन्थनिएर कांग्रेस महाधिवेशनपछि रामचन्द्र सभापति भएपछि नियुक्ति बदर गराउने भनी हिँडिरहेका थिए ।
तर, धेरै बाठा प्रधानन्यायाधीश श्रेष्ठ र उनीभन्दा झन् बाठा मन्त्री अग्नि खरेलले शेरबहादुर देउवाका भित्रिया प्रकाशमान सिंह राउतलाई सर्वोच्च न्यायाधीश नियुक्त गरेपछि देउवाले कल्याणलाई ‘गो अ हेड’ भने ।
उता, सर्वोच्चको न्यायाधीश बन्ने सपना देखिरहेका हरि उप्रेतीले त्यो मौका नपाएपछि उनलाई रिक्त महान्यायाधिवक्ता खानका लागि अनुरोध गर्न एमालेसम्बद्ध वलिकको संस्था पिपिएलएका अध्यक्ष रुद्र नेपाल र सुरेन्द्र थापाले उनको घरै पुगे ।















प्रतिक्रिया