काठमाडौं, १० चैत । ‘फँसायो–फँसायो, नराम्रोसँग फसाइदियो सालेले’, गत बुधबार खुइँया श्वास छोड्दै लोकमानसिंह कार्कीले विरक्ति पोखे ।
अघिल्लो सरकारकी उर्जामन्त्री राधा ज्ञवालीले अदालतबाट सफाइ पाएपछि लोकमानको नूर नराम्रोसँग गिरेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
क्षेत्राधिकार मिचेर मन्त्रीलाई पदच्युत गर्ने र कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गर्ने हदको कामलाई अदालते अस्वीकार मात्रै गरेन, भविष्यमा त्यस्ता काम गर्नलाई अखितयारको बाटो बन्द पनि भएको छ ।
राधाकै जस्तो त्यही सरकारका खेलकुदमन्त्री पुरुषेत्तम पौडेल मन्त्रीबाट हटेको मामिला पनि केही दिनमा अदालतले यसरी नै सल्टाउन लागेको छ ।
यसरी लोकमानलाई मुलुकका कार्यकारिणी (मन्त्री) जिस्क्याउने व्यक्ति रहेछन्, गाविन्द श्रेष्ठ । उनकै भनाइमा लाग्दा लोकमानले आफू फँसेको महसुस राधा ज्ञवालीले अदालतबाट सफाइ पाएपछि गरेका छन् ।
गत बुधबार जतिबेला निकटस्थहरूसँग लोकमान विरक्ति पोख्दै थिए, त्यही त्यही बेला हो– सचिवको कार्यकक्षमा अर्कै तमासा थियो ।
अख्तियारभित्र लोकमानका दुई गलगाँड छन्, सहसचिव तथा प्रवक्ता कृष्णहरि पुष्कर र निजी सविच तथा प्रेस सल्लाहकार भवानी सुवेदी ।
प्रमुख आयुक्तलाई वरिपरिकै कर्मचारी लागेर फसाइएको महसुस भइरहँदा जिरो आवरमा सचिवको कोठामा बसेर कृष्णहरि र भवानी कर्मचारी सिध्याउने सूची उतार्दै हाँसिरहेका थिए । पुष्कर भन्दै थिए, ‘देख्ने भो सालेले बाउको बिहे…!’ पुष्पकरको कुरा सुनेर भवानी हाँसे, रावणले खित्का छाडेजस्तो ।
पुष्कर र भवानी आफूलाई एक नम्बरको कांग्रेसी भन्न रुचाउँछन् । पुष्कर बाराको सिडिओ हुँदा बद्नाम भएर फर्किएका व्यक्ति हुन् ।
भवानी पेसाले पत्रकार अर्थात गोरखापत्र संस्थानमा नवौँ तहका नायब कार्यकारी सम्पादक मात्रै हैनन्, भारतीय कार्ड खेल्ने खेलाडी पनि रहेछन् । भनिन्छ, उनी भारतीय गुप्तचर संस्था ‘रअ’को प्रतिनिधिका रुपमा अख्तियार छिरेका हुन् ।















प्रतिक्रिया