काठमाडौं, १० चैत । नेपाली कांग्रेसनिकट पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको नाममा रहेको हिमाल म्यानपावर इम्प्लोइमेन्ट कन्सल्टेन्सी होस् या पूर्व सभासद सुशीलमान शेरचनको मुक्तिनाथ ओभरसिज, यी सबै यतिबेला खुल्लमखुल्ला र जथाभावी ठग्न पाउनुपर्ने माग राख्दै आफ्नो व्यवसाय आफैँ बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
यी त केवल उदाहरण हुन्, राजनीतिक खोल ओढेर मानवतस्करी गर्नेहरूको संख्या दशौँ हजारको छ । पूर्व तथा वर्तमान सांसद, विभिन्न पार्टीका केन्द्रीय सदस्य, कार्यकर्तालगायत मानवतस्करीमा संलग्न रहेका भेटिन्छन् ।
पूर्वमन्त्री गुरुङले पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाखसम्म लिने गरेका छन् । पूर्वसांसद शेरचनले साउदीका लागि जनही ६० हजारभन्दा माथि उठाइरहेका सम्बद्ध व्यक्तिहरूको कथन छ ।
मानवतस्करी र म्यानपावर व्यवसायमा नेपालका सबै राजनीतिक दलको प्रतिनिधित्व रहेको समाचार घटना र बिचार साप्ताहिकले छापेको छ ।
एमाले, एमाओवादी, राप्रपादेखि साना दलका केन्द्रीय सदस्य, पूर्व सभासद, मन्त्रीसम्मले म्यानपावरमार्फत मानवतस्करी गरिरहेका छन् ।
यसरी आफैँले गरेको बन्दको मौका छापेर म्यानपावर व्यवसायीहरूले स्थानीय एजेन्टमार्फत झालामा हात्ती भित्र्याएका छन् ।















प्रतिक्रिया