७ कार्तिक २०८३, शनिबार

सिंहदरबारभित्र कर्मचारीले लुकिछिपी गरे यस्तो कार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-With-Cigaretteकाठमाडौं, १० चैत । सिंहदरबारभित्र बारम्बार ‘ड्रेस कोड’ लगाउन सर्कुलर जारी गर्दा अटेर गर्दै आएका कर्मचारीले लुकिछिपी धूमपान समेत गर्ने गरेका छन् ।

सरकारले केही समयअघि सिंहदरबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले सिंहदबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गर्दै त्यसलाई कडाईको साथ पालना गराउन सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो ।

तर प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रको सर्कुलरलाईं अटेर गर्दै अधिकांश कर्मचारीले लुकिछिपी धूमपान गर्ने गरेका छन् ।

यस विषयमा सामान्य प्रशासन मन्त्रालयले गोप्य अनुगमन थालेको छ ।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटाले सिंहदरबारलाई पूर्ण रुपमा धूमपान निषेधित क्षेत्र बनाउन अनुगमनलाई कडा पारिने जानकारी दिए ।