काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी ओलीले नेपालले चीनसँग आपतकालीन इन्धन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन् ।
केही तयारी पूरा भएपछि भने इन्धन ब्यापार सम्झौता हुने उनले बताएका छन् ।
चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा नागरिक दैनिकसँग कुराकानी गर्दैगर्दा प्रधानमन्त्री ओली निकै खुसी देखिन्थे।
‘चीनसँग इन्धन सम्झौता नगरे नागरिकको अपेक्षा पुरा गर्न सक्नु भएन भने नि ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘नेपालले अहिले आपतकालीन इन्धन सम्झौता गर्नुपर्ने अवस्था छैन । हिजो संकट थियो, अहिले त्यती संकट छैन, त्यसैले धेरै हतार पनि छैन ।’















प्रतिक्रिया