काठमाडौं, १० चैत । नेपाल–चीनबीच पारबहन सम्झौता भएको २४ घण्टा बित्न नपाउँदै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ ।
व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ, ‘तर नेपाल र भारतको सम्बन्ध अरूको जस्तो होइन।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारबहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेका हुन् ।
नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक, रेल तथा पारवहन सम्झौताबारे प्रवक्तालाई प्रश्न गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चीनसँग नेपालले गरेका समझदारी भारतका लागि चूनौती हो कि होइन ? भन्ने प्रश्नको जवाफमा पहिलै तयार भएजस्तो स्वरूपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ठ सम्बन्ध प्रष्ट्र पार्न फायल नै पल्टाए ।















प्रतिक्रिया