– झलक पाली
डोटी, ९ चैत । डोटीको दिपायल सिलगढी नगरपालीका १४ पाकरीका महिलाहरु जाँडरक्सी र जुवातास नियन्त्रणमा सक्रिय भएका छन् ।
त्यस क्षेत्रमा वि.सं. २०५१ सालदेखि नै जाँडरक्सी तथा जुवातास जस्ता सामाजिक विकृति बन्द गर्न आमा समूहका स्थानीय महिलाहरुका साथै पुरुषहरु, विद्यालय, सामुदायिक वन समितीहरु समेत लागि परेको भए पनि केहि व्यक्तिहरुले समस्या गरिरहेको लेकपाकरी जाँडरक्सी तथा जुवातास नियन्त्रण समिति अध्यक्ष पूजा विष्टले बताईन् ।
त्यहाँका महिलाहरुले त्यस क्षेत्रमा सामाजिक विकृतिहरु रोकथामका लागि प्रसाशनमार्फत सहयोग गरिदिन प्रमूख जिल्ला अधिकारी समक्ष लिखित निवेदन सहित सहयोग माग गरेका छन् ।
उनिहरुले त्यस क्षेत्रमा मदिराको कारोवार गर्नेहरुलाई पहिलो पटकमा १० हजार जरिवाना गर्ने र दोश्रो पटकमा १५ हजार जरिवाना तोकेका छन् । त्यस्तै जाँडरक्सी सेवन गरि सामाजिक खलल पु¥याउने व्यक्तिलाई पहिलो पटकमा ५ हजार र दोश्रो पटकमा १० हजार जरिवाना तोकिएको छ ।
त्यस्तै कुनै पनि व्यक्तिले निजी घर वा सार्वजनि भवन निर्माण गर्दा कामदारहरुलाई मदिरा सेवन गराएमा २ हजार जरिवाना गराउने निर्णय गरेको नेकपा एमालेका दिपायल सिलगढी नगरपालीकाका नगर अध्यक्ष एवं पाकरीका स्थानीय बासिन्दा कर्ण विष्टले जानकारी दिए ।
सम विकास केन्द्र नेपाल डोटी अन्तरगत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र स्थानीय अधिकार कार्यक्रम अन्तरगत सञ्चालित रिफ्लेक्ट सर्कलका महिलाहरु सक्रिय भएका हुन् ।












प्रतिक्रिया