काठमाडौं, ९ चैत । युवासंघ नेपाल केन्द्रिय कार्यालय बिभागले होली मनाएको छ ।
मंगलबार केन्द्रिय कार्यालय परिसर बानेश्वरमा बृहत होली मिलन कार्यक्रम सम्पन्न गरेको हो । चर्चित गायक सुबास लामा बामदेव भाट र रुपक चौधरीको प्रस्तुति रहेको कार्यक्रममा युवासंघ अध्यक्ष राजिव पहारी एबं कार्यालय बिभाग प्रमुख प्रभात बिक्रम कटुवालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सयौं युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा एमाले केन्द्रिय नेताहरु घनेन्द्र बस्नेत, हिक्मत कार्की, राजेन्द्र गौतम, रुपनारायण श्रेष्ठ, अनेरास्वबियु महासचिव ऐन महर, युवासंघ केन्द्रिय पदधिकारीले छमछमी नाचेर कार्यक्रमलाई रोमाञ्चक बनाएको केन्द्रीय कार्यालय विभागका सदस्य सञ्जीव रोकाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले रंगहरुको पर्वलाई खुसीका साथ मनाइएको बताउँदै पछिल्लो वर्ष विकृतिमा कमी आएको बताउनुभयो । ‘आर्थिक, समाजिक र सांस्कृतिक रुपमा एकता र सदभावको सन्देश दिन होली मनाएका हौं,’ उहाँले भन्नुभयो– ‘संस्कृति सम्बद्र्धन र संरक्षणका गर्न सबै पर्वहरुलाई मनाउँदै जानेछौं ।’













प्रतिक्रिया