१६ कार्तिक २०८३, सोमबार

नेविसंघले होली खेल्दै सुरु गऱ्यो इन्टरनेट विस्तार अभियान, शंकरदेवमा भव्य सभा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union

काठमाडौं, ९ चैत । कांग्रेस निकट नेपाल विद्यार्थी संघले होली खेल्दै मंगलबारबाट इन्टरनेट विस्तार अभियानको सुरुआत गरेको छ ।

उपत्यकामा मंगलबार परेको हिन्दूहरुको महान पर्व फागु पूर्णिमाका अवसरमा राजधानीको शंकरदेव क्याम्पसमा ‘रंगिन उमंगका साथ राष्ट्र निर्माणका लागि कम्मर कसौ’ भन्ने नाराका साथ भव्य समारोहबीच होली खेलिएको हो ।

Nepal-Student-Union-holy-2

नेपाल दुरसञ्चार प्राधिकरणमा जगेडा रहेको ११ अर्ब रुपैयाँ प्रयोग गरी देशका सबै क्षेत्रमा चरणबद्ध रुपमा इन्टरनेटको पहुँच पुर्याएर सुविधायुक्त सूचना–प्रविधि क्षेत्र निर्माणका लागि दबाबस्वरुप होली खेलेर अभियानको सुरुआत गरिएको कार्यक्रम संयोजक ऋषिकेश जंग शाहले जानकारी दिनुभयो ।

‘नेपालमा ८० प्रतिशत जनताले अझै प्रविधिको सहज प्रयोग गर्न नपाएको अवस्था छ । यो गाउँ, पहाड र दुर्गमका लागि समानता भएन,’ उहाँले भन्नुभयो– ‘टेलिकमसँग पैसा छ, सम्भाव्यता पनि छ तर, अदुर्शिता र वेवास्थाका कारण पुग्न सकेको छैन् । अब त्यो जगेडामा राखिएको पैसालाई प्रयोगमा ल्याउनुपर्छ । टोल टोल गाउँ गाउँमा इन्टरनेट पुग्नुपर्छ ।’

Nepal-Student-Union-holy-1

विश्वमा प्रविधिले निकै फड्को मारिसकेको भन्दै उहाँले नेपाल टेलिकमले अब पनि ग्रामिण भेगमा इन्टरनेट विस्तार गर्न ढिलासुस्ती गरे नेविसंघले दबाब अभियानलाई आन्दोलनकै रुपमा लैजाने चेतावनी दिनुभयो ।

Nepal-Student-Union-holy-5

होली कार्यक्रममा सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुति पनि राखिएको नेविसंघ शंकरदेव इकाई अध्यक्ष हरिश भण्डारीले बताउनुभयो । ‘होलीलाई मिलन पूर्वका रुपमा मनाउँदै सबैले मानेको एउटा नयाँ एजेण्डाको हामीले सुरुआत गरेका छौं’ उहाँले भन्नुभयो– ‘प्रविधिको विस्तार गर्ने हाम्रो अभियानमा सबैले साथ दिने अपेक्षा गरेका छौं र हामी सफल हुन्छौं ।’

कार्यक्रममा प्रमुख अतिथि एवं नेविसंघका पूर्व अध्यक्ष केशव सिंह पब्लिक युथका पूर्व अध्यक्ष सञ्जीव न्यौपाने, शंकरदेवका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका कार्यबाहक सभापति उत्तम मिश्र, नेविसंघका पूर्व उपाध्यक्षद्धय नैनसिंह महर र रत्न कार्कीले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ख्याती प्राप्त गायक गायिका तथा कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका थिए ।

Nepal-Student-Union-holy-3 Nepal-Student-Union-holy-4