काठमाडौं, ९ चैत । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर (अखेप) हातामा रहेको पौडी पोखरी सर्वधारण र खेलाडीहरुका लागि सोमबारदेखि खुल्ने भएको छ ।
पौडरी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अखेप पौडी पोखरी प्रमुख टेकबहादुर बमले जनाएका छन् । ‘तीन सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ’, उनले भने ।
पहिलो दुई सिफ्ट दुई–दुई घण्टाको हुनेछ । त्यसको टिकट दर १ सय १० रुपैयाँ तोकिएको छ । ‘गेष्ट’ का लागि छुट्टयाइएको तेश्रो सिफ्टको टिकट शुल्क १ सय ५० रुपैयाँ कायम गरिएको छ ।















प्रतिक्रिया