३० आश्विन २०८३, शुक्रबार

जोशीको निधनले टेक्सस स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

news-photo-saraoj

– विकास राज न्यौपाने
डयालस (अमेरिका), ९ चैत । टेक्सासको नेपाली समाजका सक्रिय समाजसेवी, युवा उद्ध्यमी सरोज जोशीको ५२ बर्षको उमेरमा आज बिहान असामयिक निधन भएको छ ।

सबैका प्रिय, मृदुभाषी, सहयोगी र सरल व्यक्तित्व जोशीलाई आकस्मिक रुपमा गुमाउनु पर्दा स्थानिय नेपाली समाज स्तब्ध एवं शोक सन्तप्त बन्न पुगेको छ ।

सरोज जोशीको देहान्त भएको समाचार पाउने बितिक्कै ड्यालस– फोर्टवोर्थ लब्ध प्रतिष्ठित नेपालीहरु ठुलो संख्यामा अस्पताल र जोशी निवास वेदरफोर्टमा जम्मा भएका थिए ।

२३ अगस्ट १९६४ मा संखुवासभा, चैनपुरमा जन्मनु भएका जोशी १९९६ मा नेपालबाट अमेरिका आउनु भएको थियो । २००६ मा फ्लोरिडाबाट टेक्सास सर्नु भएका जोशी यहाँको नेपाली ब्यबसायीहरुमा अग्रस्थानमा हुनुहुन्थ्यो ।

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर, ड्यालस) को वोर्ड अफ ट्रस्टी सदस्य समेत रहनु भएका सरोज जोशीले समाजसेवा तथा अन्य सामुदायिक कार्यहरुमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको थियो । उहाँ बिदेशमा रहेर राम्रो आर्जन गरेर पनि स्वदेश प्रतिको कर्तब्य निर्वाह गर्न सधैँ अगाडि सर्नुहुन्थ्यो ।

नेपालमा गएको विनाशकारी भूकम्प होस् वा भारतले लगाएको नाकाबन्दी, नेपाल र नेपालीलाई सहयोग गर्ने श्री जोशीको भूमिका अत्यन्त प्रेरणादायी रहेको थियो क्ष्।

स्वर्गीय जोशीको परिवारमा श्रीमती सविना जोशी एवं दुई सन्तान सबिन जोशी (छोरा) र सरिना जोशी (छोरी) छन् ।